पाँच दिने भ्रमणका लागि राष्ट्रपति विद्या भण्डारी म्यानमार जाने | Khabarhub Khabarhub

पाँच दिने भ्रमणका लागि राष्ट्रपति विद्या भण्डारी म्यानमार जाने


२८ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक भ्रमणका क्रममा यही असोज २९ गते म्यानमार भ्रमणमा जाने भएकी छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति भण्डारी पाँचदिने भ्रमणका क्रममा म्यानमार जान लागेकी हुन्।

म्यानमारका राष्ट्रपति यु विन मिन्टको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी म्यानमार जान लागेको मन्त्रालयले जनाएको छ ।

म्यानमारमा रहँदा राष्ट्रपति भण्डारीले त्यहाँका राष्ट्रपतिसँग द्विपक्षीय हितका सम्बन्धमा छलफल गर्नेछिन् ।

राष्ट्रपति भण्डारीलाई म्यानमारका स्टेट काउन्सिलर आङ साङ सुकीले स्वागत गर्ने कार्यतालिका छन् ।

राष्ट्रपतिसहित नेपाली प्रतिनिधिमण्डलको सम्मानमा म्यानमारका राष्ट्रपतिले स्वागत समारोहसहित रात्रिभोज आयोजना हुनेछ ।

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  ६ : ५७ बजे

कांग्रेसमा उदयशमशेरको प्रश्न : अन्तरिम सरकारलाई मोदीले दुई पटक बधाई दिए, हाम्रो पार्टीको धारणा के हो ?

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदय शमशेर राणाले पार्टीले सुशीला

चीनद्वारा अमेरिकी सामानमा थप शुल्क स्थगित

एजेन्सी– चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच

प्रकृतिलाई खुसी पार्न तोरन तार्ने चलन

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा

बहुविवाह आरोपमा समातिएका एमाले केन्द्रीय सदस्य शेर्पा कारागारतिर

काठमाडौं- बहुविवाहको मुद्दामा मंगलबार अपरान्ह पक्राउ परेका नेकपा एमालेका केन्द्रीय

निश्चल बस्नेतलाई मातृ शोक

काठमाडौं- निर्देशक निश्चल बस्नेतलाई मातृ शोक परेको छ। १५ वर्षदेखि