छठको कार्यक्रममा सहभागी हुन नसकेको भन्दै गगनले आयोजकसँग मागे क्षमा « Khabarhub

छठको कार्यक्रममा सहभागी हुन नसकेको भन्दै गगनले आयोजकसँग मागे क्षमा


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले औपचारिक कार्यक्रममा सहभागी हुन नसकेको भन्दै क्षमा मागेका छन् ।

सोमबार छठको शुभकामना दिँदै महामन्त्री थापाले दशैँ, तिहार र नेपाल संवत्सँगै छठको सार्वजनिक कार्यक्रममा सहभागी हुन नसकेको भन्दै क्षमा मागेका हुन् । निम्तो गर्ने आयोजकप्रति आभार प्रकट गर्दै उनले यस्तो बताएका हुन् ।

थापाले फेसबुकमा लेखेका छन्, ‘यो वर्ष दशैं, तिहार र नेपाल संवत्‌जस्तै छठका सार्वजनिक कार्यक्रममा सहभागी हुन नसक्ने भएकाले क्षमा चाहन्छु। मलाई निम्तो गर्नु भएका काठमाडौं र मधेशका सबै छठ आयोजक मित्रलाई हार्दिक आभार प्रकट गर्दछु।’

महामन्त्री थापाले अर्को वर्षसँगै छठ मनाउनेसमेत बताएका छन् । ‘अर्को वर्षसँगै छठ मनाउने अभिलाषासहित छठी माईको दिव्य आशीर्वाद सबैमा रहोस्’, उनले फेसबुकमा लेखेका छन्।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  १० : ५७ बजे

साल्ट ट्रेडिङद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन

कास्की– सरकारले दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षितगरी उपभोक्तालाई सहुलियतमा दैनिक उपभोग्य

मौसम पूर्वानुमान महाशाखाको चेतावनी : तीन दिन कहाँकहाँ हुँदैछ अति भारी वर्षा ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले

बालबालिकाको आँखा परीक्षण गराउन नेत्र विशेषज्ञको सुझाव

चितवन– समयमा परीक्षण नगर्दा धेरै बालबालिकाहरूको दृष्टि गुम्ने गरेको छ

इन्द्रजात्रा पर्व सुरु, हनुमानढोकामा इन्द्रध्वजासहितको लिङ्गो ठड्याइयो (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ उपत्यकामा मनाइने प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा आजदेखि औपचारिक

हाकुवासीको पीडा : भूकम्पले उठिबास, बाढीले सर्वनाश

नुवाकोट– रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्डे, सातविसे र नौबिसेमा अहिले बस्ती