दक्षिण चीन सागरमा अमेरिकी नौसेनाका हेलिकोप्टर र लडाकु विमान दुर्घटना | Khabarhub Khabarhub

दक्षिण चीन सागरमा अमेरिकी नौसेनाका हेलिकोप्टर र लडाकु विमान दुर्घटना


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दक्षिण चीन सागरमा अमेरिकी नौसेनाका लडाकु विमान र हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । आधा घण्टाको अवधिमा लडाकु विमान र हेलिकोप्टर दुर्घटनामा परेको अमेरिकी टेलिभिजन सीएनएनले जनाएको छ ।

अमेरिकी नौसेनाले स्थानीय समयअनुसार दिउँसो पौने तीन बजे एमएच–६० आर शिहक हेलिकोप्टर दुर्घटनामा परेको हो । यो हेलिकोप्टरले अमेरिकी लडाकु विमानवाहक युद्धपोत यूएसएस निमित्जबाट नियमित गस्तीका लागि उडान भरेको जनाइएको छ । हेलिकोप्टरमा सवार चालक दलका तीन सदस्यलाई खोजी टोलीले सकुशल उद्धार गरेको थियो ।

त्यसको ३० मिनेटपछि सोही युद्धपोतबाट उडान भरेको एफ/ए–१८ एफ सुपर होर्नेट विमान पनि दुर्घटनामा परेको हो । यस विमानमा सवार चालक दलका दुई सदस्य पनि बच्न सफल भएका छन् ।

यस वर्ष अमेरिकी नौसेनाले कम्तीमा चार वटा यस्तो लडाकु विमान गुमाइसकेको सीएनएनले उल्लेख गरेको छ ।

पछिल्लो समय दक्षिण चीन सागरमा तनाव बढिरहेका बेला अमेरिकी नौसेनाका हेलिकोप्टर र लडाकु विमान दुर्घटनामा परेको हो । हाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एशिया भ्रमणमा रहेका बेला दक्षिण चीन सागरमा पछिल्लो घटनाक्रम विकास भएको हो ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  १२ : २० बजे

कमलपोखरीको छठ घाटमा प्रधानमन्त्री (तस्बिरहरू)

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले छठ पर्वका अवसरमा काठमाडौंको कमलपोखरी पुगेर

जुम्लाका एक लाख नागरिक स्वास्थ्य बीमामा आबद्ध 

जुम्ला– जुम्ला जिल्लामा करिब एक लाख नागरिक स्वास्थ्य बीमामा आबद्ध

‘झापा महिला गोल्डकप’को खेल तालिका सार्वजनिक

दमक– झापाको शिवसताक्षी नगरपालिकामा यही कात्तिक १५ देखि २२ गतेसम्म

सरकारले जेन-जी र राजनीतिक दलसँग बुधबार संयुक्त वार्ता गर्ने

काठमाडौं– सरकारले बुधबार जेन-जी प्रतिनिधि र राजनीतिक दलसँग बुधबार संवाद

वरिष्ठ अधिवक्ता भण्डारी सम्मानित

काठमाडौं– वैयाकरण नेपाल स्मृति पुरस्कारबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी सम्मानित