चीनद्वारा ‘बहुध्रुवीय संसार’ को स्वागत « Khabarhub

चीनद्वारा ‘बहुध्रुवीय संसार’ को स्वागत


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच वार्ता हुँदैछ । वार्ताअघि चीनका विदेशमन्त्री वाङ यीले सोमबार ‘बहुध्रुवीय संसारको आगमन’ लाई स्वागत गरेका छन् । उनले अमेरिकी नीतिबाट विश्व बजार अस्थिर भएको आरोप पनि लगाएका छन् ।

“आर्थिक र व्यापारिक विषयलाई राजनीतिकरण गर्नु, विश्व बजारलाई कृत्रिम रूपमा विभाजन गर्नु र व्यापार युद्ध तथा कर युद्धको सहारा लिनु विश्व अर्थतन्त्रका लागि घातक छ”, बेइजिङमा आयोजित एक फोरममा सम्बोधन गर्दै वाङले भने, “सम्झौताबाट पछि हट्ने, प्रतिबद्धताहरू तोड्ने र गुटबन्दी राजनीति गर्ने प्रवृत्तिले बहुपक्षवादलाई अभूतपूर्व चुनौती दिएको छ । तर इतिहासको प्रवाह उल्ट्याउन सकिँदैन — बहुध्रुवीय संसार निश्चित रूपमा आउँदैछ ।”

राष्ट्रपति ट्रम्पले आइतबार एसियाली भ्रमण सुरु गरेका छन् । यो दक्षिण कोरियामा राष्ट्रपति सी जिनपिङसँग हुने प्रत्यक्ष वार्तासँग समाप्त हुनेछ । यो वार्ता जनवरीमा ट्रम्पले दोस्रो कार्यकाल सुरु गरेपछि दुई नेताबीच हुने पहिलो आमनेसामने भेट हो ।

यसअघि अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र चिनियाँ उपप्रधानमन्त्री हे लिफेङबीच दुई दिन लामो व्यापार वार्ता सम्पन्न भएको थियो । वार्तामा नोभेम्बर १ देखि लागू हुन लागेको १०० प्रतिशत अतिरिक्त कर टार्नेबारे छलफल भएको थियो ।

चीनका उप–वाणिज्य मन्त्री ली चेङ्गाङले वार्ताबाट ‘प्रारम्भिक सहमति’ मा पुगेको जानकारी दिएका छन् । उता, अमेरिकी अर्थमन्त्री बेसेन्टले एबिसी समाचारसँग कुरा गर्दै उक्त अतिरिक्त शुल्क अस्थायी रूपमा स्थगित गरिएको र दुर्लभ पृथ्वी खनिज तथा अमेरिकी सोयाबिन निर्यातका विषयमा सहमति नजिकिएको सङ्केत गरेका छन् ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  १ : ४२ बजे

कल मोबिलिटी (हुवावे) र मेल्टडाउनबीच फिटनेस सहकार्यका लागि सम्झौता

काठमाडौं– नेपालका लागि हुवावे उत्पादनहरूको एक मात्र आधिकारिक राष्ट्रिय वितरक

अमेरिका–इरान युद्धविरामपछि निर्णायक वार्ता पाकिस्तानमा

इस्लामाबाद- पाकिस्तानले अमेरिका र इरानबीच जारी तनाव समाधानका लागि निर्णायक वार्ता

इजरायली विपक्षी नेताको आक्रोश : नेतन्याहु असफल भए, इरानसँगको युद्धविराम ‘राजनीतिक विपत्ति’

जेरूसेलम- इजरायलका प्रमुख प्रतिपक्षी नेता यायर लापिडले इरानसँग भएको युद्धविराम

सीजीले सार्वजनिक गर्‍यो नयाँ वर्ष २०८३ को बम्पर उपहार योजना

काठमाडौं– इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले नयाँ वर्ष २०८३ को अवसरमा ‘एक्सपेरियन्स लाइफ

राष्ट्रिय एकता कायम राख्न नेपाली सेना सदैव अग्रसर छ : प्रधानसेनापति सिग्देल

दमौली– प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय एकता कायम राख्न नेपाली सेना