जापानमा आएको हागिबिस आँधीमा परी ज्यान गुमाउनेको संख्या ५६ पुग्यो | Khabarhub Khabarhub

जापानमा आएको हागिबिस आँधीमा परी ज्यान गुमाउनेको संख्या ५६ पुग्यो


२८ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जापानमा आएको ‘हागिबिस’ नामक शक्तिशाली आँधीका कारण ज्यान गुमाउनेको संख्या ५६ पुगेको छ । यो संख्या अझ बढ्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

जापानको राष्ट्रिय प्रसारण संस्था एनएचकेका अनुसार विनासकारी आँधीपछि अझै १५ जना बेपत्ता छन् ।

धेरै घाइते भएको, खोजी कार्य जारी रहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान रहेको अधिकारीहरूले जनाएका छन् । आँधी प्रभावित व्यक्तिको खोजी र उद्धारका लागि सेना पनि परिचालन गरिएको छ ।

आँधीका कारण विभिन्न स्थानमा डरलाग्दो पहिरो गएको र पानीको सतह बढेका कारण नदी किनाराका घर डुबानमा परेका छन् । आँधीका कारण जापानमा भइरहेको लोकप्रिय रग्बीको विश्वकप प्रतियोगिता नै ओझेलमा परेको छ ।

आँधीका कारण तीनवटा खेल रद्द भइसकेका छन् तर जापान र स्कटल्याण्डबीचको खेल भने तोकिएको समयमै हुने आयोजकहरुले बताएका छन् ।आँधीपछि उद्धारका लागि रक्षा सेना, प्रहरी र दमकलकर्मीहरू सञ्चालन गरिरहेका छन् ।

आँधी कम भए पनि नागानोस्थित छिकुमा नदीको पानी आवासीय क्षेत्रमा पसेको र त्यहाँ बाढीको स्थिति उत्पन्न भएको उद्धारकर्मीले बताएका थिए ।

जापानी सेनाले मानिसलाई उद्धार गर्न हेलिकप्टरको प्रयोग गरिरहेका छन् । मानिसले घरका झ्याल र कौसीबाट उद्धारका लागि सेनालाई अनुरोध गरिरहेको देखिएको छ ।

नागानोमा एउटा बुलेट रेल माटोमा गाडिएको अवस्थामा आधा मात्र देखिएको दृश्य टेलिभिजनहरुले सोमबार पनि प्रसारण गरेका छन् । हागिबिस आँधी जापानको होन्सु द्वीपमा शनिबार साँझ ७ बजे प्रवेश गरेको थियो।

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  ९ : १५ बजे

प्रधानमन्त्री ओली स्पेनबाट दोहा प्रस्थान

मेड्रिड (स्पेन) – स्पेनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल असार २० गते शुक्रबार। असार

आज २०८२ साल असार २० गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २० गते शुक्रबार। असार

अदालतको आदेशपछि परिचारिका काममा फर्किने

काठमाडौं – नेपाल वायुसेवा निगमले श्रम अदालतको आदेश बमोजिम विमान

गायिका चौहानलाई सामाजिक सञ्जालबाट दुर्व्यवहार गर्नेमाथि तीन दिन म्याद थप

काठमाडौं – गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमार्फत गालीगलौज र दुव्र्यवहार