देउवा दम्पती उपचारका लागि सिंगापुर प्रस्थान (तस्बिरहरू) « Khabarhub

देउवा दम्पती उपचारका लागि सिंगापुर प्रस्थान (तस्बिरहरू)


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवा थप उपचारका लागि सिंगापुर गएका छन्। सोमबार राति ११ः५ बजे सिंगापुर विमानमार्फत उनीहरु सिंगापुर उडेका हुन्।

गत भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा देउवा दम्पती आफ्नै निवास बूढानीलकण्ठमा मरणासन्न हुने गरि आक्रमणमा परेका थिए। उनीहरुलाई त्यति बेला केही सुरक्षाकर्मी र केही जेनजी आन्दोलनकारीले नै जोगाएका थिए।

त्यहाँबाट जोगाएर देउवा दम्पतीले छाउनीस्थित नेपाली सेनाको अस्पतालमा लगिएको थियो। त्यहाँ उपचारपछि देउवा परिवार अहिले काठमाडौँमा एक घर भाडामा लिएर बस्दै आएको छ। आक्रमणबाट गम्भीर घाइते भएका देउवाको टाउकाको पछाडि भागमा १२ वटा टाँका लगाएको कांग्रेस नेताहरुले बताएका थिए।

यसबीचमा वर्तमान अन्तरिम सरकारले देउवा दम्पतीसहितको पासपोर्टसमेत रोक्का गर्दै काठमाडौँ बाहिर जान अनुमति लिनुपर्ने निर्णय गरेको थियो। तर देउवा उपचारका लागि जाने जानकारी गराएपछि देउवा दम्पतीको हकमा यो फुकुवा गरिएको छ। देउवा दम्पतीले विमानस्थलमा भिआइपी कक्ष प्रयोग गरेनन्।

तस्बिर :नेपाल फाेटाे लाइब्रेरी

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  १० : ५१ बजे

सातवटै प्रदेशमा एकैदिन अधिवेशन गर्दै राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सातवटै प्रदेशको अधिवेशनको तयारीमा जुटेको

पार्टीभित्रको बहस मिडियामा होइन, कमिटीमै गरौँ : महेश बस्नेत

काठमाडौं- नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टीभित्रका असहमति र

न्यूयोर्क पुगे प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकाको न्यूयोर्क पुगेका छन् । संयुक्त

अर्थमन्त्रीसँग वनमन्त्रीको भेट, रासायनिक मलको आपूर्तिबारे छलफल

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री डा स्वर्णिम वाग्लेसँग कृषि, वन तथा पर्यावरणमन्त्री