ताप्लेजुङमा निरन्तर हिमपात, शव काठमाडौं ल्याउन समस्या « Khabarhub

ताप्लेजुङमा निरन्तर हिमपात, शव काठमाडौं ल्याउन समस्या


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दुर्घटनाग्रस्त हेलिकप्टरका यात्रुहरूका शव काठमाडौँ ल्याइने भएको छ ।

ताप्लेजुङको सुकेटार विमास्थलमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले ताप्लेजुङमा शवपरीक्षण हुन नसक्ने ठहर गरेको छ । बैठकले परीक्षणको प्रयोजनका लागि काठमाडौँ पठाउने निर्णय गरेको छ । तर निरन्तर बिग्रँदो मौसमले शव काठमाडौँतर्फ ल्याउन ढिलाइ भइरहेको छ ।

ताप्लेजुङमा निरन्तर हिमपात भइरहेको छ र अधिकांश क्षेत्रमा कुहिरोले ढाकिरहेको छ । प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीका अनुसार मौसममा सुधार आउने बित्तिकै शवहरू काठमाडौँ पठाइनेछन् ।

हिजो बुधबार दिउँसो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सातजना चढेको डाइनेस्टी एयरको हेलिकप्टर सिस्नेभीर नजिकै दुर्घटनाग्रस्त हुँदा सबै सातजनाको निधन भएको थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  १० : २० बजे

कुमार बेनलाई तत्काल पक्राउ गर्न जेन-जी मुभमेन्टको माग

काठमाडौं– जेन-जी मुभमेन्ट नेपालले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनलाई तत्काल पक्राउ

भोटेकोशीमा बाढीमा दोलखाका ५४ जना बेपत्ता, अन्तिम संस्कारको तयारीमा आफन्त

दोलखा– भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेर दोलखाका ५४ जना बेपत्ता

दर्जनौँ बैंक विलय भएर यसरी बने नेपालमा ‘मेगा बैंकहरू’

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको संख्या घटाएर

आशिकाको आक्रोश : ग्यास दिन नसक्ने भए सरकारले दाउरा खोजेर भात पकाऊ भन्नुपर्‍यो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले बजारमा

रास्वपा सांसद तोसिमाको आक्रोश- सरकार खोज्दै बबिता अस्पताल पुगिन्, तर सरकार बबितासम्म पुगेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले प्रसव पीडामा अस्पताल