सरकार, राजनीतिक दल र जेन-जीबीच बालुवाटारमा छलफल सुरु (तस्बिरहरू) « Khabarhub

सरकार, राजनीतिक दल र जेन-जीबीच बालुवाटारमा छलफल सुरु (तस्बिरहरू)


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकार, राजनीतिक दल र जेन-जीहरूबीच वार्ता सुरु भएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो । 

आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचनको समग्र वातावरण निर्माण, राजनीतिक समझदारी जुटाउनेलगायतका विषय छलफलको कार्यसूची रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, माधव सापकोटा, प्रकाश अधिकारी, दीपक कार्की, प्रकाश ज्वाला, राजेन्द्र पाण्डे, मोहन श्रेष्ठ, राजेन्द्र गुरुङ, निशा डाँगी, स्वर्णिम वाग्ले, महेश बर्तौला,  क्षितिज थेबे, वसन्त कुशवाह, प्रकाशशरण महत लगायतका नेताहरूको सहभागिता रहेको छ । 

सरकारले घोषित मितिमा प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने सन्दर्भमा सरोकारवाला पक्षहरूसँग चरणबद्ध रूपमा वार्ता एवं छलफल गर्दै आएको छ ।

यसअघि कात्तिक ४ गते प्रधानमन्त्री कार्कीको आह्वानमा सरकार र राजनीतिक दलबीच छलफल भएको थियो । त्यसैगरी, राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री कार्की र जेन-जी समूहबीच छलफल भइसकेको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ५ : ०५ बजे

बबरमहलमा धमाधम बन्दैछ आकाशे पुल (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको बबरमहलस्थित जिल्ला अदालत अगाडि आकाशे पुल निर्माणको काम

ट्रम्पको महासभा सम्बोधनमा युद्ध, शान्ति र हर्मुजको मुद्दा

संयुक्त राष्ट्रसङ्घ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसङ्घको महासभालाई मङ्गलबार

‘जल्नुअघि चालकले ‘दबाब दिए म लास हुनेछु’ भन्दा प्रहरीले संवेदनशीलता देखाएन, गृहमन्त्रीको जवाफ चाहियो’

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले त्रिपुरेश्वरमा

यमनमा मानवीय संकट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

एजेन्सी– यमनमा पछिल्लो समय बढ्दै गएको असुरक्षाका कारण सातवटा गभर्नरेटबाट

शंकर पोखरेलले भने- अध्यक्षसँग मेरो मतभेद छैन, कुनै अभियोग लगाउन खोजेको होइन 

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा