संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी दललाई ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव « Khabarhub

संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी दललाई ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘जेनजी’ प्रतिनिधि एवं अगुवाहरूले समयमै निर्वाचन सम्पन्न गर्ने विषयमा आफूहरू सकारात्मक रहेको बताएका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार सरकार, राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच भएको त्रिपक्षीय छलफलमा समयमा चुनाव हुनुपर्ने राय राखेका हुन् ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै ‘जेनजी’ समूहका प्रतिनिधि खेमराज साउदले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संसद् पुनःस्थापनाबारे राय राखेपछि आफूहरूले त्यसको खण्डन गरेको बताए ।

संसद् पुनःस्थापना ‘जेनजी’ प्रदर्शनको उपलब्धि विपरीत हुने भनाइ राखेको उनले सुनाए । “समयमा चुनाव हुनुपर्ने धारणा राखेका छौँ । सरकार र जेनजी समयमा निर्वाचन सम्पन्न गराउन सकारात्मक छौँ । यसमा दलहरू पनि लाग्नपर्छ भनेर आग्रह गरिएको छ”, साउदले भने ।

बैठकमा जेनजी प्रतिनिधिका रुपमा सहभागी सागर ढकालले चुनाव निष्पक्ष, स्वतन्त्र र प्रविधिमैत्री बनाउन आफूहरूले सबै राजनीतिक दलसँग आग्रह गरेको बताए । उनले समयमा सुधारिएको चुनावसँगै भ्रष्टाचार विरुद्धको कारबाहीमा समेत सरकार केन्द्रित हुनुपर्ने विषय उठेको जानकारी दिए ।

“निर्वाचनको विकल्प छैन । निर्वाचन कसरी गर्ने त्यो विषयमा छलफल भयो । सबै पक्षबाट आ–आफ्नो धारणा राख्ने काम भयो । अब सुधारिएको निर्वाचन गर्नुपर्छ । चुनाव प्रविधिमैत्री हुनुपर्छ भन्ने अनुरोध गरेका छौ,” ढकालले भने, “भ्रष्टाचारका धेरै फाइल खोल्न बाँकी छ । जेनजीको मुख्य माग नै भ्रष्टाचारविरुद्ध कारबाही हो ।”

यस्तै, बैठकमा सहभागी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले ‘जेनजी’ प्रतिनिधिले संसद् पुनःस्थापना भनेर नबस्न राजनीतिक दलसँग आग्रह गरेको बताए । उनका अनुसार जनेजी प्रतिनिधिले सबै राजनीतिक दललाई आगामी चुनावमा सहभागी भएर अघि बढ्न प्रस्ताव राखेको उल्लेख गरे । बैठकमा चुनावका लागि अझै पनि वातावरण बन्न नसकेको आशङ्का केही दलबाट व्यक्त भएको पाण्डेको भनाइ छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  ६ : ०२ बजे

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा

राधास्वामीका आश्रित भोकै, महानगर भन्छ : सिस्टम फेरिएकाले खुवाउन सकेनौँ, आन्दोलन जरूरी थिएन

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित सुकुम्वासी होल्डिङ सेन्टरको मूल गेटमा सुत्केरी, बालबालिका,

गण्डकीको स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि तीन अर्ब ३१ करोड बजेट

कास्की – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का