काठमाडौं – सशस्त्र प्रहरी बलले म्याग्दी जिल्लाको अन्नपूर्ण आधार शिविरबाट एक सय ६२ पर्यटकको उद्दार गरेको छ । सशस्त्रले उद्धार गरेसँगै अन्नपूर्ण आधार शिविर खाली भएको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
सशस्त्रले नारच्याङ म्याग्दीबाट कार्तिक ११ गते उद्दारका लागि सुरक्षा फौज पठाएको थियो । सशस्त्र प्रहरी निरीक्षक बिनोद पौडेलको कमान्डमा गएको फौजले १७ विदेशी पर्यटकसहित बिहीबार बिहानसम्ममा एक सय ६२ जनाको उद्दार गरेको हो ।
बाक्लो हिमपातका कारण जोखिममा परेका र बाटो पत्ता लगाउन नसकेर अलपत्र परेका पर्यटकको उद्धार गरिएको हो। उद्दार गरिएका पर्यटकलाई गुफाफांट, सादिखर्क लगायत हिमपात नभएको स्थानसम्म सुरक्षित ल्याइएको छ ।





















प्रतिक्रिया