बार्सिलोनासँग ३–० गोल अन्तरले हार्‍यो रियल मड्रिड « Khabarhub

बार्सिलोनासँग ३–० गोल अन्तरले हार्‍यो रियल मड्रिड


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- लुईस स्वारेजको २ गोलसँगै स्पेनिस महारथी बार्सिलोनाले रियल मड्रिडलाई पराजित गरेको छ । मड्रिडलाई पराजित बार्सिलोना एल क्लसिकोमा छैठौं पटक फाइनालमा पुगेको छ।

बुधबार राति स्पेनिस कोपा डेल रे को दोस्रो लेग मा बार्सिलोनाले रियललाई ३—० ले पराजित गरेपछि बार्सिलोनाले फाइनलमा स्थान बनाएको हो । कप्तान लियोनल मेसीले गोल नगरेको दिन पनि बार्सिलोनाले रियलमाथि सहज जित हासिल गर्न सफल भएको हो ।

स्टाडिओ सान्टिआगो बर्नबेउमा भएको खेलको पहिलो हाफसम्म दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । यसअघि क्रिष्टियानो रोनाल्डो रियल मड्रिडमा रहँदा बार्सिलोना र रियलको खेललाई बार्सिलोना कप्तान लियोनल मेसी र रोनाल्डोबीचको जित हारका रुपमा लिने गरिन्थ्यो ।

रियलको घरेलु मैदानमा मेसीले गोल नगरेको खेलमा लुईस स्वारेज एक्लैले २ गोल गरे । उनले खेलको ५० औं मिनेटमा पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने ७३ औं मिनेटमा बार्सिलोनाले पाएको पेनाल्टी प्रहार गर्दै टिमलाई दोहोरो अग्रता दिलाए । त्यसअघि रियलका राफल भरानेले खेलको ६९ औं मिनेटमा आत्मघाती गोल गर्दा बार्सिलोनाले एक गोल उपहार पाउँदा रियललाई ३—० ले पराजित गर्यो ।

मे २२ मा हुने फाइनलमा रियल बाटिस्टा र भ्यालेन्सियाबीचको बिजेता टोलीले बार्सिलोनासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  १० : ४१ बजे

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा

मौरिसस पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी मौरिसस पठाइदिन्छु

मोदीको बाढीले सडक बगाएपछि बिरेठाँटी-घान्द्रुक सम्पर्कविच्छेद

कास्की – गए रातिको अविरल वर्षापछि मोदी खोलाको बाढीले कास्कीको