उच्च हिमाली क्षेत्रमा कात्तिक १५ गतेसम्म यात्रा नगर्न प्रशासनको आग्रह | Khabarhub Khabarhub

उच्च हिमाली क्षेत्रमा कात्तिक १५ गतेसम्म यात्रा नगर्न प्रशासनको आग्रह


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

किमाथांका– सङ्खुवासभामा वर्षा र हिमपात भइरहेकाले उच्च हिमाली क्षेत्रका पर्यटकीय पदमार्गमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । कार्यालयले एक सूचना प्रकाशित गर्दै कात्तिक १५ गतेसम्म मकालु आधार शिविर तथा उत्तरी हिमाली क्षेत्रका पदमार्गमा यात्रा नगर्न अनुरोध गरेको हो । 

प्रतिकूल मौसमका कारण मङ्गलबार देखि मकालु आधार शिविरसहित उच्च हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले पर्यटकलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले बताए । निरन्तर वर्षा र हिमपात भइरहेकाले कात्तिक १५ गतेसम्म उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न उनले सबैमा अनुरोध गरे।

उत्तरी क्षेत्रको चार हजार भन्दामाथि निरन्तर हिमपात भइरहँदा चिसो बढेको, खाद्यन्य र अन्य अत्यावश्यक सामग्रीसमेत अभाव हुनसक्ने भन्दै मकालु आधार शिविर तथा उत्तरी हिमाली क्षेत्रका पदमार्गमा यात्रा नगर्नु उपयुक्त हुने प्रजिअ थपलियाको भनाइ छ । 

मकालु आधार शिविरमा नेपालीसहित दुई सयबढी पर्वतारोही शिविरमा रहेका प्रशासनले जनाएको छ । प्रजिअ थपलियाका अनुसार सत्तरी जना विदेशी नागरिकसहित दुई सयभद्या बढी नेपाली पर्वतारोही अहिले आधार शिविरमा छन् । जिल्लाको मकालु, सभापोखरीसहित उच्च हिमाली भेगमा वर्षा र हिमपात भइरहेको उनले जानकारी दिए ।

निरन्तर वर्षा भइरहँदा पहिरो जानसक्ने तथा सडक अवरुद्ध हुनसक्ने भएकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्नसमेत प्रशासनले सबैमा अनुरोध गरेको छ । पहिरोको जोखिममा रहेका परिवारलाई सचेत रहन आग्रह गर्दै प्रजिअ थपलियाले उच्च जोखिममा रहेका परिवारको स्थानान्तरणमा सहजीकरण गर्न १० वटै स्थानीय तहका प्रमुख तथा जनप्रतिनिधिलाई आग्रह गरे।

बाढीपहिरोको जोखिम भए वा विपद्को जोखिमको सम्भावना भएमा जिल्ला प्रहरी कार्यालय वा जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रमा जानकारी गराउन प्रशासनले अनुरोध गरेको छ । 

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  ३ : ४६ बजे

फुट्यो विप्लव नेतृत्वको नेकपा : चिरनले लगे ७५ केन्द्रीय सदस्य, माओवादीमा मिसिने तयारी

काठमाडौं- पछिल्लो समय संकटग्रस्त बन्दै गएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको

रामकुमारी भन्छिन्- माओ‌वादीसँगको एकतामा जाँदैनौँ, पार्टी पुनर्गठन गर्छौँ

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) की स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले

जेन-जी आन्दोलनका क्रममा लुटिएको प्रहरीको पेस्तोल एक लाखमा बेचियो

काठमाडौं- काठमाडौंमा गत भदौ २४ गते जेन-जीहरूको प्रदर्शनका क्रममा प्रहरीबाट

‘आदिवासी जनजातिको अधिकार कार्यान्वयन गर्न सरकारको तदारुकता आवश्यक’

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले आदिवासी जनजातिको अधिकार कार्यान्वयनका लागि

जेन-जी आन्दोलनको दमन निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही हुनुपर्‍यो : मोहन विक्रम

काठमाडौं– नेकपा (मसाल)का महामन्त्री मोहन विक्रम सिंहले जेन-जी आन्दोलनमा भएको