जेनजी आन्दोलन छानबिन टोलीलाई हप्काउँदै एमाले नेता रावलले भने : राज्यकोषको दुरुपयोग गर्ने अपराधी « Khabarhub

जेनजी आन्दोलन छानबिन टोलीलाई हप्काउँदै एमाले नेता रावलले भने : राज्यकोषको दुरुपयोग गर्ने अपराधी


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


786
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा एमाले पोलिटब्युरो सदस्य राजेन्द्रसिंह रावलले जेनजी आन्दोलनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिसम्बन्धी छानबिन गर्न बनेको जाँचबुझ आयोगका सदस्यलाई गैरकानुनी र राज्य कोषको रकम दुरुपयोग गर्ने अपराधी भएकाे बताएका छन् ।

कञ्चनपुरमा जेनजी आन्दोलनको नाममा भएको क्षतिको अनुगमन गर्न पुगेका आयोगका सदस्य विश्वेश्वरप्रसाद भण्डारीलाई उनले सार्वजनिक स्थानमा नै राज्य कोषको दुरुपयोग गर्ने अपराधी भएको आरोप लगाए । भीमदत्त नगरपालिकामा आयोजना गरिएको सर्वदलीय बैठकस्थलमा पुगेका रावलले भण्डारीलाई अपराधीहरूलाई लुकाउने अपराधी भएको बताए ।

‘तपाईँ को हो ? पार्टी कार्यालय व्यक्तिका घर, राष्ट्रिय सम्पत्ति जनाउने, अपराधीहरूलाई कारबाही नगर्ने ?’ भन्दै रावलले प्रश्न गरे ।

उनको प्रश्नमा भण्डारीले ‘मैले हो तपाईँको घर डढाएको ?’ भन्दै प्रतिप्रश्न गरेपछि रावल थप आक्रोशित भए ।

‘तपाईँ हो, बढ्दा कुरा गर्ने ? मेरा बालबच्चाको के हालत देख्नु भएको थियो ? अहिले नाटक देखाउन आउने ?’ भन्दै उनले प्रश्न गरे । जेनजी आन्दोलनको नाममा अराजक समूहले रावलको घरमा पनि आगो लगाएको थियो ।

‘मेरो पार्टी कार्यालयमा आगो लाग्दा तमासा देख्नु भएको थियो यहाँ ? अहिले राज्यको तर्फबाट बडो नाटक देखाउन आउने ? तपाईँहरू अपराधी हो, यहाँ कर्मचारी साथीहरूलाई थर्काउन आउनुभएको तपाईँहरू, यो नगर्नुस्’, उनले आक्रोश पोखे ।

गरैरकानुनी मान्छेहरू आयोगको नाममा राज्यको कोष दुरुपयोग गर्न आएका उनले बताए। तपाई जनविरोधी मान्छेहरू हो, जनताको घरमा आगो लगाउने, सकारी कार्यालयमा आगो लगाउने, अनि बढ्ता यहाँ गर्ने’, उनले भण्डारीलाई हप्काए ।

रावलको सो प्रतिक्रिया पछि सर्वदलीय बैठक नै बिथोलिएको थियो । नेकपा एमालेका जनप्रतिनिधिहरूले सो बैठक बहिष्कार गरेका थिए । कांग्रेसका जिल्ला सभापति समेत रहनुभएका भीमदत्त नगरपालिका प्रमुख पदम बोगटी पनि बैठकमा अनुपस्थित थिए । कार्यक्रम सुरु नै नभई माहौल बिग्रिएपछि केही जनप्रतिनिधि र कर्मचारीहरूबिच छलफल गरेर भण्डारी उठेका थिए ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  ९ : ०२ बजे

कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैन : मन्त्री घिसिङ

काठमाडौं–  शहरी विकासमन्त्री कुलमान घिसिङले नेपालमा द्रुत विकास हासिल गर्न

शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यक : जेलेन्स्की

एजेन्सी– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले कम्तीमा ६० दिनको युद्धविराममा

देश नयाँ शिराबाट अगाडि बढ्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक

बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि ‘न्युज फेस्टिबल’

लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि ‘तेस्रो लुम्बिनी न्युज फेस्टिबल’ आयोजना

हनुमान ढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौं– हनुमान ढोका दरबार सङ्ग्रहालयको मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड