काठमाडौं– काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राम मन्दिर परिसरमा डोजर चलाएको छ । सम्पदा क्षेत्र अधिकरण गरी निर्माण गरिएको संरचनामा आज डोजर चलाएको हो ।
सम्पदा क्षेत्रमा संरचना निर्माण गरी गैरकानुनी रूपमा भाडामा लगाइएको कारण डोजर लगाई भत्काइएको महानगरले जानकारी दिएको छ ।
सम्पदा क्षेत्रमा निर्माण गरिएको यस्ता संरचना हटाई सम्पदा क्षेत्र खुल्ला र व्यवस्थित गर्ने महानगरको योजना समेत रहेको महानगरले जानकारी दिएको छ ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी














 
                             
                    
                










प्रतिक्रिया