मलेसियामा भ्रष्टाचार विरोधी कारबाहीमा दुई हजारभन्दा बढी पक्राउ « Khabarhub

मलेसियामा भ्रष्टाचार विरोधी कारबाहीमा दुई हजारभन्दा बढी पक्राउ


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

क्वालालम्पुर- गत महिनामा मलेसियामा भ्रष्टाचार विरोधि राष्ट्रव्यापी कारबाहीमा दुई हजार भन्दा बढी पक्राउ गरिएको मलेसिया प्रहरीले जनाएको छ । बुकित अमन वाणिज्यिक अपराध अनुसन्धान विभागका निर्देशक रुस्दी इसाले प्रेस ब्रीफिङ्मा सेप्टेम्बर २२ – २८ सम्म एक हजार ३०३ जनालाई पक्राउ गरिएको बताएका छन् ।

उनका अनुसार अन्य अपरेसनको क्रममा भ्रष्टाचारमा संलग्न ७९० जना पक्राउ परेका थिए । अनलाइन माध्यामबाट पैसा प्राप्त गर्न नक्कली खाताहरूको प्रयोग गर्ने व्यावसायिक अपराधहरू विरुद्ध लड्ने उद्देश्यले “राष्ट्रिय स्क्याम रेस्पोन्स सेन्टर” को संयोजनमा अपरेसनहरू सुरु गरिएको रुस्दीले बताएका छन् ।

देशभर सञ्चालन भएको “इ–कमर्स” घोटालाको कल सेन्टर सञ्चालनमा प्रत्यक्ष संलग्न भएको आशंकामा अन्य ३० जनालाई पक्राउ गरिएकोसमेत उनले बताए । यस समूहको क्रियाकलापले जनवरी र मईको बिचमा १२.८ मिलियन अमेरिकी डलर नोक्सान पुर्याएको जनाइएको छ ।

त्यस्ता क्रियाकलापहरु पछिल्लो समयमा थप परिष्कृत हुँदै सीमापार सम्म पनि सञ्चालित भइरहेको उनले चेतावनी दिए । जनतालाई अन्य पक्षहरूलाई ब्याङ्क खाता र ब्याङ्क कार्डहरू नदिन सुझाउदै उनले त्यस्ता सामाग्रीहरु आपराधिक पक्षले गैरकानुनी गतिविधि र मनी लान्ड्रिंगका लागि दुरुपयोग गर्न सक्ने बताए ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  १ : १६ बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी