दोस्रो नेपालगञ्ज नेशनल स्वीमिङ च्याम्पिनसीप सुरु | Khabarhub Khabarhub

दोस्रो नेपालगञ्ज नेशनल स्वीमिङ च्याम्पिनसीप सुरु


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– दोस्रो नेपालगञ्ज नेशनल स्वीमिङ च्याम्पिनसीप २०२५ आजदेखि नेपालगञ्जमा सुरु भएको छ । 

नेपालगञ्ज स्वीमिङ क्लबले आयोजना गरेको प्रतियोगिताको लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री सन्तोषकुमार पाण्डेले उद्घाटन गरे । 

सो अवसरमा उनले लुम्बिनी प्रदेशमा खेल क्षेत्रको अपार सम्भावना भएकाले प्रदेश सरकार खेल क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको बताए ।

उनले भने, ‘पौडी खेलका लागि खर्च भएको रकमको २५ प्रतिशत प्रदेश सरकारले बेहोर्ने छ ।’ उद्घाटन समारोहमा लुम्बिनी प्रदेश सरकारका पूर्वमन्त्री रत्न खत्री, प्रदेशसभा सदस्य अम्बिका काफ्लेले पौडी खेलका गतिविधिलाई बढाएर रङ्गशालामा भएको पौडी पोखरीको सदुपयोग गर्न सुझाव दिए । 

उद्घाटन खेलमा ५० मिटर अन्डर आठ ब्याक स्टोक इमेन्टमा सगरमाथा स्वीमिङ क्लब ललितपुरका राजवीन जिरेल प्रथम, आदर्श माध्यमिक विद्यालय नेपालगञ्जका युभान श्रेष्ठ दोेस्रो र कोशी प्रदेशका विष्णु पराजुली तेस्रो भएका थिए । 

त्यसैगरी २५ मिटर फ्रिस्टाइल अण्डर आठ ब्वाइजमा सगरमाथा क्लबका राजविन जिरेल प्रथम, शिखा एकेडेमी कोहलपुर बाँकेका दिप्सन पुन मगर दोस्रो र आदर्श मावि नेपालगञ्जका युभान श्रेष्ठ तेस्रो हुनुभएको छ । 

त्यसैगरी २५ मिटर फ्रिस्टाइल अण्डर आठ गल्समा सगरमाथा क्लबका छियाना महर्जन प्रथम, आदर्श माविकी समृद्धि न्यौपाने दोस्रो र शिखा एकेडेमी कोहलपुरकी श्रीजा रेग्मी तेस्रो स्थान हासिल गर्नुभएको छ । २५ मिटर ब्याकस्ट्रोक अण्डर आठ गल्समा सगरमाथा क्लबकी छियाना महर्जन प्रथम, आदर्श माविकी समृद्धि न्यौपाने दोस्रो र शिखा एकेडेमीकी काफिया चलाउने तेस्रो भए । प्रतियोगिताका विजेता खेलाडीहरुलाई मन्त्री पाण्डेले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए । 

प्रतियोगितामा देशभरिका अन्डर ८, १०, १२, १४ र १७ वर्ष उमेर समूहका अतिरिक्त खुला उमेर समूहका १५० भन्दा बढी खेलाडीहरूको सहभागिता रहेको छ । 

अन्डर आठ उमेर समूहका खेलाडीहरूले २५ मिटर दुरीमा प्रतिस्पर्धा गर्ने छन् भने अन्डर १० उमेर समूहका खेलाडीले अन्य खेलाडीहरूले ५० मिटर दूरीमा प्रतिस्पर्धा गर्नेछन् । 

त्यसै गरी अन्डर १२ र १४ उमेर समूहका खेलाडीबीच ५० र १०० मिटर दूरीका विभिन्न इभेन्टहरुमा प्रतिस्पर्धा गर्नेछन् । खुला उमेर समूहमा २०० र ४०० मिटर दूरीका विभिन्न इभेन्टमा खेलाडीबीच प्रतिस्पर्धा हुनेछ ।  

प्रतियोगितामा विभिन्न ५६ वटा इभेन्टमा हुनेछन् । यसअघि नेपालगञ्ज स्वीमिङ क्लबले दुई दिने स्वीमिङ प्रशिक्षक प्रशिक्षण तालिम गरेको थियो । यो प्रतियोगिता दुई दिनसम्म सञ्चालन हुनेछ । 

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ३ : ४४ बजे

पहिलो पुस्ताका नेता बिदा नभएसम्म पार्टी एकताको अर्थ छैन : घनश्याम भुसाल

काठमाडाैं – नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्ने विषयमा

११ दिनदेखि बेपत्ता सुनार मृत भेटिए

हुम्ला– हुम्लाको सिमकोट गाउँपालिका–३ बरगाउँका ५३ वर्षीय पर्वसिंह सुनार मृत

नवलपरासीमा बेमौसमी वर्षाले धान, तोरी र आलुमा क्षति

नवलपरासी – पश्चिम नवलपरासीमा मङ्गलबारदेखि परेको बेमौसमी वर्षाले धान, तोरी,

‘अत्यावश्यकबाहेक मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्नू’

मुग्लिन (चितवन)– अविरल वर्षासँगै पहिरोको उच्च जोखिम बढेपछि नारायाण्ढ–मुग्लिन र

जेनजीले कुरा बुझ्न थाले म खुसी छुः प्रधानमन्त्री कार्की

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले जेनजीहरूको बुझाइमा आकाश-जमिन परिवर्तन आएको बताएकी