प्रधानमन्त्री भन्छिन्ः झापामा अरु कमजोर भए, चुनावबाट दुर्गा प्रसाईँ आउन सक्छन् « Khabarhub

प्रधानमन्त्री भन्छिन्ः झापामा अरु कमजोर भए, चुनावबाट दुर्गा प्रसाईँ आउन सक्छन्


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले झापामा पुराना नेता र दलको अवस्था कमजोर भएको टिप्पणी गरेकी छन्।

शुक्रबार साँझ सम्पादकहरुसँगको छलफलमा कार्कीले भदौ २३ र २४ को जेनजी आन्दोलनपछि झापामा पुराना नेता र दलको अवस्था झनै कमजोर हुँदा दुर्गा प्रसाईँहरु भने बलियो भइरहेको बताएकी हुन्।

केपी ओलीप्रति ईंगित गर्दै उनले भनिन्, ‘पुराना नेताको शक्ति घटिसक्यो। आन्दोलन गर्छु भन्दै हिँडेका छन्, दुर्गाजी। अराजक कुरा गर्न पाइँदैन। तर आफ्नै ठूलो समूह लिएर हिँडेका छन्। भव्य समूह छ उनको भन्ने सुन्दैछु। समर्थकहरू पनि तयार भएका देखिन्छन्। झापामा यति बेला पुराना नेताहरूको शक्तिमा ह्रास आएको छ। उनले चुनाव जित्न पनि सक्छन्।’
कार्कीले प्रसाईँलाई दल खोलेर चुनावमा जान पनि सुझाव दिइन्।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ९ : ४९ बजे

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्ति बढेको आरोप लगाउँदै ओलीले भने- आन्दोलनको विकल्प छैन

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री