नवलपरासीमा बेमौसमी वर्षाले धान, तोरी र आलुमा क्षति « Khabarhub

नवलपरासीमा बेमौसमी वर्षाले धान, तोरी र आलुमा क्षति


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

नवलपरासी – पश्चिम नवलपरासीमा मङ्गलबारदेखि परेको बेमौसमी वर्षाले धान, तोरी, आलुलगायत बालीमा क्षति पुर्याएको छ । वर्षाले धानबालीमा क्षति गरेपछि किसानहरू चिन्तित बनेका छन् ।

धान काटेर भित्र्याउने समयमा परेको वर्षाले धानसहित तोरी र आलुखेती पनि क्षति पुगेको कृषि ज्ञान केन्द्रका प्रमुख डा रविन्द्रनाथ चौबेले बताए ।

उनले भने, “नवलपरासीमा यो वर्ष २० हजार ४८० हेक्टरमा धानबाली लगाइएको थियो । अहिलेसम्म ६० देखि ७० प्रतिशतमात्र किसानले मात्र बाली भित्र्याएका छन् । बाँकी केही किसानले काटेर खेतमा राखेका र केहीले नकाटी ठडिएकै अवस्थामा छ ।”

सबैभन्दा बढी क्षति वर्षाले ढलेको र काटेर खेतमा छाडेको धानबालीमा भएको चौबेले बताए । ठडिएको धान घाम लागेपछि केही हदसम्म सुधार हुनसक्छ भन्दै पानीमा डुबेको धानलाई यो वर्षाले ठूलो क्षति गरेको उनले जानकारी दिए। साथै धान काटेर तोरी र आलु लगाउने समय भएकाले तोरी र आलुमा पनि यो वर्षाले असर गरेको उनको भनाइ छ ।

पश्चिम नवलपरासीमा तीन हजार १३९ हेक्टरमा तोरी र एक हजार ७०२ हेक्टरमा आलुखेती हुने गरेको केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकारी एवं सूचना अधिकारी उमाशङ्कर पौडेलले बताए ।

उनले भने, “यो समय दलहन (दालखेती) लगाउने बेला हो, अहिलेको वर्षाले किसानलाई धान थन्काउन र तोरी, आलु लगाउन समस्या पारेको छ ।”

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ११ : १० बजे

आज २०८२ साल माघ २७ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २७ गते मंगलबार फागुन

हंसपुरका मेयर प्रदीपकुमार यादवको निधन

काठमाडौँ- धनुसाको हंसपुर नगरपालिकाका प्रमुख प्रदीपकुमार यादवको निधन भएको छ

‘राति नसुतेर पनि काम र २ पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने व्यवस्था गरौँ’

काठमाडौँ- नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश विकासका लागि राति

सरकारले बीमा बन्द हुन दिनु हुँदैन : प्रदीप पौडेल

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ ५ का प्रतिनिधिसभा सदस्य

मालपोत प्रमुखलाई एक महिना कैद र पाँच हजार जरिवाना

काठमाडौं- उच्च अदालत जनकपुरले भूमि सुधार तथा मालपोत कार्यालय धनुषाका