बुढानीलकण्ठमा भक्तजनको भीड (तस्बिरहरू) « Khabarhub

हरिबोधिनी एकादशी

बुढानीलकण्ठमा भक्तजनको भीड (तस्बिरहरू)


१५ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज हरिबोधिनी एकादशीका अवसरमा काठमाडौंको बुढानीलकण्ठ मन्दिरमा बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ। हरेक वर्ष कार्तिक शुक्ल एकादशीका दिन भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह गरी विशेष पूजा-अर्चना गर्दै यो पर्व मनाइन्छ।

आजको दिनलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ। आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुतेका भगवान् विष्णु आजका दिन ब्युँझिने जनविश्वास रहँदै आएको छ। त्यसैले यो दिनलाई विष्णु भक्तका लागि अत्यन्त पवित्र मानिन्छ।

बुढानीलकण्ठ मन्दिर परिसरमा आज बिहानैदेखि भक्तजनको लाम लागेको छ। दर्शन, पूजा र तुलसी विवाहको अवसरमा देशका विभिन्न स्थानबाट आएका भक्तजनले मन्दिर परिसरमा पूजाअर्चना गरिरहेका छन्। मन्दिर क्षेत्रका पुजारीका अनुसार बिहानदेखि लगातार दर्शनार्थीको भीड बढ्दै गएको छ। भक्तजनले व्रत बस्दै भगवान् विष्णु र तुलसीको आराधना गरेका छन्।

बुढानीलकण्ठमा आजको दिन विशेषरूपले धार्मिक उत्सवको माहोल देखिएको छ- भक्तजनले दीपदान, भजन-कीर्तन र सामूहिक प्रार्थनामा सहभागिता जनाएका छन्।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  १२ : २७ बजे

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा – चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र

काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्