बेनी–दरवाङ सडक तीन दिनपछि सञ्चालन « Khabarhub

बेनी–दरवाङ सडक तीन दिनपछि सञ्चालन


१५ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीबजारसँग जोड्ने बेनी–दरवाङ सडक तीन दिनपछि सञ्चालनमा आएको छ ।

बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेत (घुमाउने)मा खसेको पहिरोका कारण मङ्गला, मालिका र धवलागिरी गाउँपालिकाको बिहिबारदेखि सदरमुकाम बेनी बजारसँग यातायात सम्पर्क बिच्छेद भएको थियो ।

पूर्वाधार विकास कार्यालय म्याग्दीले आज पहिरो पन्छाएपछि यातायात सञ्चालन भएको कार्यालय प्रमुख बिष्णु पौडेलले जानकारी दिनुभयो । सडक खुलेपछि दरवाङदेखि बेनी, पोखरा, काठमाडौँलगायत देशका विभिन्न सहरमा जाने यातायात सञ्चालन भएका छन् ।

उक्त स्थानमा विस २०६१ मा सडकको मार्ग खोलेदेखि नै पहिरोको समस्या रहेको छ । यसको विकल्पमा म्याग्दी नदीमा बेलिब्रिज जडान गर्ने भनिए पनि योजना अगाडि बढेको छैन । दीर्घकालिन हिसाबले पहिरो रोकथामको सम्भावना नभएपछि पूर्वाधार विकास कार्यालयले अस्थायी रूपमा पहिरो पन्छाएर यातायात सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  १० : २१ बजे

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको