सामाजिक सुरक्षा कोषमा ९४ अर्ब रुपैयाँ जम्मा | Khabarhub Khabarhub

सामाजिक सुरक्षा कोषमा ९४ अर्ब रुपैयाँ जम्मा


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामाजिक सुरक्षा कोषमा हालसम्म कूल ९४ अर्ब नौ करोड एक लाख ७९ हजार रुपैयाँ जम्मा भएको छ । कोषले १७ अर्ब २९ करोड ३० लाख ५१ हजार रुपैयाँ योगदानकर्तालाई भुक्तानी समेत गरेको छ ।

कोषमा कूल २५ लाख ९२ हजार एक सय ४१ जना सूचीकृत योगदानकर्ताका रुपमा समावेश भएका छन् । कोषमा २२ हजार एक सय २५ सूचीकृत रोजगारदाता रहेका छन् । रोजगारदातालाई क्रमशः सूचीकृत गराउन कोषले आवश्यक पहल समेत गरिरहेको जनाएको छ ।

कोषमा औषधी उपचार, स्वास्थ्य तथा मातृत्व दावी रकम दुई अर्ब ४२ करोड ५० लाख ८१ हजार रहेको छ । यस्तै, दुर्घटना तथा अशक्तता सुरक्षा दावी रकम २२ करोड ३१ लाख ६३ हजार, आश्रित परिवार सुरक्षा दावी रकम २८ करोड ३५ लाख ९७ हजार र अवकाश दावी रकम १४ अर्ब ३६ करोड १२ लाख आठ हजार रहेको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ७ : २७ बजे

खाँदबारी-किमाथाङ्का सडकखण्ड स्तरोन्नति तीव्र

किमाथाङ्का– सङ्खुवासभाको उत्तरी क्षेत्र जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको खाँदबारी–किमाथाङ्का

माओवादीसहित आठ दलबीच एकताका लागि १९ बुँदे सहमतिमा हस्ताक्षर

काठमाडौं- सात वामपन्थी दलहरूबीच एकीकृत पार्टी गठन गर्ने सहमति भएको

विदेशमा रहेका नेपालीलाई मतदान गर्न दिनेबारे गृह र प्रतिष्ठानबीच छलफल

काठमाडौं- आइतबार गृह मन्त्रालय र नेपाल नीति अध्ययन प्रतिष्ठानबीच भएको

‘रुग्ण आयोजनाका ठेक्का तोडेर स्टन्टबाजी गरिरहेको छ सरकार’

काठमाडौं– नेपालको पूर्वाधार विकासको क्षेत्रमा रुग्ण आयोजना मुख्य समस्याको रूपमा