कम्प्युटरमा बस्दा ढाड दुख्ने समस्या भए के गर्ने ? (१० टिप्स) | Khabarhub Khabarhub

कम्प्युटरमा बस्दा ढाड दुख्ने समस्या भए के गर्ने ? (१० टिप्स)


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजभोलि कम्प्युटर चलाउनु मानिसहरुको दैनिकी जस्तै बनिसकेको छ । कार्यालयमा काम गर्ने अधिकांश मानिस कम्प्युटरविना काम पूर्ण गर्न सक्दैनन् ।

कम्प्युटर चलाउँदा बस्ने गलत तरिका, लामो समयसम्म कम्युटरको बसाई लगायत खानपानको गडबडीले मानिसमा ढाड दुख्ने समस्या देखापर्छ । यसरी ढाड दुख्दा मांसपेशी तन्किने, स्नायु अररिने र चर्को पीडा हुने गर्दछ ।

मांसपेशी, नसा र हाडहरूको जटिल संरचना नै ढाड  भएकाले यसमा समस्या देखा पर्दा शरीरमा ठूलो असर गर्न सक्छ । त्यसैले कम्प्युटरमा बस्दा ढाड दुखेमा निम्न उपायबाट कम गर्न सकिन्छ ।

१. कम्प्युटरमा बस्दा ढाड दुख्ने भएमा शारीरीक काममा विशेष ध्यान दिनुपर्छ ।

२. ढाड दुख्नुमा शारीरिक कमजोरीका साथै भिटामिन डीको कमीले हुनसक्छ, त्यसैले पर्याप्त मात्रामा भिटामिन डी युक्त खानेकुरा खानुपर्छ ।
३. कतिपय अवस्थामा क्याल्सियमको कमीले समेत ढाड दुख्ने हुन्छ, त्यसैले क्यालसियमयुक्त खानामा ध्यान पनि विशेष दिनुपर्छ ।
४. दैनिक बिहान आधा घण्टा घाममा बस्दा समेत ढाड दुखाईबाट राहत मिल्छ ।
५. लसुन र काँचो सूर्यमुखी तेल मिलाएर दुखेको भागमा मालिस गरेमा दुखाईबाट आराम मिल्छ ।
६. एक चम्चा महमा एक ग्राम दालचिनीको धूलो मिसाएर दैनिक २ पटक सेवन गर्नाले पनि ढाड दुखाईबाट आराम मिल्छ ।
७. कतिपय अवस्थामा तातो पानीले सेक्दा पनि ढाड दुखाईको पीडाबाट मुक्ति पाइन्छ ।
८. धेरै ढाड दुखेमा मनतातो पानीमा सीधे नून हालेर नुहाएमा पनि यसले राहत दिन्छ ।
९. ज्वानोलाई तावामा भुटेर चपाएर खानाले पनि ढाड दुख्ने समस्याबाट आराम मिल्छ ।
१०. चिसोमा दुखेको ढाड आगोमा तताएको इटामा कपडामा बेरेर सेकेमा कम हुन्छ ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  ८ : ०० बजे

दलभन्दा देशमाथि छ भन्ने कुरालाई आत्मसाथ गरौँ  : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै नरहे

सुर्खेतस्थित मालपोत कार्यालयमा आगलागी

सुर्खेत– सुर्खेतस्थित मालपोत कार्यालयमा आगलागी भएको छ। वीरेन्द्रनगर(७, स्थित मालपोत

अन्नपूर्ण आधार शिविरमा म्याग्दीका जनप्रतिनिधि र सुरक्षा अधिकारीको समन्वय बैठक

म्याग्दी– समुद्री सतहदेखि चार हजार एक सय मिटर उचाइमा अवस्थित

मधेसका जनताप्रतिको जिम्मेवारी भुलेको छैनः प्रधानमन्त्री

सर्लाही– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसका जनताप्रतिको सम्मान र

भारत विदेशीलाई घृणा गर्ने मुलुक होइन : विदेशमन्त्री जयशंकर

नयाँदिल्ली– भारतका विदेशमन्त्री एस. जयशंरले भारत विदेशीलाई घृणा गर्ने मुलुक