काठमाडौं– यातायात व्यवस्था विभागको सर्भर आंशिक रुपमा सुचारु भएको छ । विभागका सूचना तथा प्रविधि निर्देशक केशव खतिवडाका अनुसार आइतबार दिउँसो करिब २ बजेदेखि सर्भर चल्न थालेको हो ।
‘सिंहदवारमा रहेको एकीकृत डाटा सेन्टरबाट डाटा ताने पनि वर्षाका कारण जलेको भवनको सिलिङबाट पानी लिकेज हुँदा काम गर्न सकेका थिएनौ, अहिले आंशिक रूपमा काठमाडौँ उपत्यका भित्र मात्रै सुचारु भएको हो, जसमध्ये ललितपुरको एकान्तकुना, भक्तपुरको राधेराधेमा सुरु भयो, चाबहिल र ठुलो भर्याङ्मा अहिले काम गर्दै हुनुहुन्छ,’ उनले बताए ।
भोलिसम्म देशभरका ४४ वटा यातायात कार्यालयमा सेवा विस्तार गरिसक्ने उनले बताए ।

‘बिर्तामोड, लहान लगायतका ८/९ वटा कार्यालय जेन–जी आन्दोलनमा जलेर ध्वस्त भएका छन्, ती बाहेक देशभरका सबै कार्यालयमा भोलिसम्म सेवा सुरु हुन्छ ।’ उनले थपे, अहिले लाइसेन्स नवीकरण, नयाँ लाइसेन्स लिने अनलाइन भुक्तानी गर्ने, नागरिक एप लगायतका काम मध्ये अहिले नयाँ लाइसेन्स लिने र नवीकरण गर्नेको हकमा सेवा सुरु भएको छ, सबै कार्यालयमा सञ्चालन भएपछि नागरिक एपमा पनि आउँछ,।’
अन्य सेवा भने applydlnew.dotm.gov.np वेबसाइट सञ्चालनमा आएपछि मात्र सुचारु हुने समेत विभागले जनाएको छ ।
२३ र २४ भदौ गते भएको जेन–जी आन्दोलनका क्रममा विभागमा तीन अर्बबढी क्षति भएको थियो । त्यसपछि सवारीचालक अनुमति पत्र (लाइसेन्स) लगायतका सेवा अवरुद्ध भएको थियो ।














प्रतिक्रिया