वीरगञ्ज नाकाबाट चार अर्ब ६१ करोडको खाद्यान्न आयात « Khabarhub

वीरगञ्ज नाकाबाट चार अर्ब ६१ करोडको खाद्यान्न आयात


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा चार अर्ब ६१ करोड रुपैयाँको खाद्यान्न आयात गरिएको छ । धान, चामल, मकै, माल्टलगायतका १६ वटा खाद्यान्न वस्तु आयात गरिएका हुन् । 

गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा १६ खाद्यान्न एक अर्ब ५६ करोड रुपैयाँ बढीको आयात गरिएको छ । 

गत आवको तीन महिनाको अवधिमा तीन अर्ब चार करोड रुपैयाँ मूल्य बराबरका १६ थरिका खाद्यान्न यो नाका हुँदै आयात गरिएका थिए । 

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको तीन महिनामा खाद्यान्नको आयातमा वृद्धि भएको जानकारी दिए । 

‘यो वर्षको पहिलो त्रैमासिकमा खाद्यान्नलगायतको वस्तुको आयातमा वृद्धि भएको छ’, उनले भने । चालु आवको तीन महिनाको अवधिमा अर्ब ८० करोड मूल्य पर्ने तीन करोड ३६ लाख १२ हजार ८१० रुपैयाँ किलोग्राम मकै आयात भएको छ । 

गत आवको तीन महिनामा भने एक अर्ब नौ करोड मूल्य पर्ने दुई करोड १६ लाख २७ हजार ९९२ किलोग्राम मकै आयात भएको थियो । 

चालु आवको तीन महिनामा एक अर्ब ४६ करोड रुपैयाँ मूल्य पर्ने तीन करोड ९१ लाख एक हजार ३४२ किलोग्राम धान आयात भएको छ ।  

गत आवको तीन महिनाको अवधिमा भने एक अर्ब छ करोड रुपैयाँ मूल्य पर्ने दुई करोड ९२ लाख ६२ हजार दुई सय रुपैयाँ किलोग्राम धान आयात भएको थियो ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको तीन महिनाको अवधिमा ८९ करोड ८२ लाख रुपैयाँ मूल्य पर्ने ९४ लाख एक हजार ४३६ किलोग्राम चामल आयात भएको छ । 

त्यस्तै गत आवको तीन महिनाको अवधिमा पनि ४६ करोड ५३ लाख रुपैयाँ मूल्य पर्ने ३८ लाख ४७ हजार ८०४ किलोग्राम चामल आयात भएको थियो । 

यहाँ आयात हुनेमा माल्ट, फापर, कोदो, ग्लुटेन, फलफूलको मिठो, मकै वा अन्य अन्नको च्याखलाको पिठो, कनिका, दलहनको पिठोलगायतका १६ थरिका खाद्यान्न आयात हुने गर्छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ६ : २७ बजे

भारत छाड्ने सरकारी आदेशविरुद्ध अदालत पुगे इमरान खान, ओसीआई कार्ड पनि रद्द हुन सक्ने

काठमाडौँ – बलिउड अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खान

टाइगर श्राफमाथि गोली प्रहारपछि भाग्दै थिए नेपालतर्फ ? कोटा रेलवे स्टेसनबाट तीन जना पक्राउ

काठमाडौँ – बलिउड अभिनेता टाइगर श्राफको कारमाथि गोली प्रहार गरेको

नवरात्रको नवौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको नवौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

सुस्त सुरुवात, १० करोडको छलाङ, ‘पेन्सन पट्टा’ बन्यो वर्षकै दोस्रो ठूलो कमाइ गर्ने फिल्म

काठमाडौँ – दयाहाङ राई अभिनीत नेपाली फिल्म ‘पेन्सन पट्टा’ले बक्सअफिसमा १०

‘मासु खाँदा हड्डी अड्किए तुरुन्त अस्पताल जानुपर्छ’

काठमाडौँ-  दसैँमा चिल्लो, पिरो र अमिलो खानेकुराको सेवन बढ्दा घाँटीमा