वीरगञ्ज नाकाबाट चार अर्ब ६१ करोडको खाद्यान्न आयात « Khabarhub

वीरगञ्ज नाकाबाट चार अर्ब ६१ करोडको खाद्यान्न आयात


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा चार अर्ब ६१ करोड रुपैयाँको खाद्यान्न आयात गरिएको छ । धान, चामल, मकै, माल्टलगायतका १६ वटा खाद्यान्न वस्तु आयात गरिएका हुन् । 

गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा १६ खाद्यान्न एक अर्ब ५६ करोड रुपैयाँ बढीको आयात गरिएको छ । 

गत आवको तीन महिनाको अवधिमा तीन अर्ब चार करोड रुपैयाँ मूल्य बराबरका १६ थरिका खाद्यान्न यो नाका हुँदै आयात गरिएका थिए । 

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको तीन महिनामा खाद्यान्नको आयातमा वृद्धि भएको जानकारी दिए । 

‘यो वर्षको पहिलो त्रैमासिकमा खाद्यान्नलगायतको वस्तुको आयातमा वृद्धि भएको छ’, उनले भने । चालु आवको तीन महिनाको अवधिमा अर्ब ८० करोड मूल्य पर्ने तीन करोड ३६ लाख १२ हजार ८१० रुपैयाँ किलोग्राम मकै आयात भएको छ । 

गत आवको तीन महिनामा भने एक अर्ब नौ करोड मूल्य पर्ने दुई करोड १६ लाख २७ हजार ९९२ किलोग्राम मकै आयात भएको थियो । 

चालु आवको तीन महिनामा एक अर्ब ४६ करोड रुपैयाँ मूल्य पर्ने तीन करोड ९१ लाख एक हजार ३४२ किलोग्राम धान आयात भएको छ ।  

गत आवको तीन महिनाको अवधिमा भने एक अर्ब छ करोड रुपैयाँ मूल्य पर्ने दुई करोड ९२ लाख ६२ हजार दुई सय रुपैयाँ किलोग्राम धान आयात भएको थियो ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको तीन महिनाको अवधिमा ८९ करोड ८२ लाख रुपैयाँ मूल्य पर्ने ९४ लाख एक हजार ४३६ किलोग्राम चामल आयात भएको छ । 

त्यस्तै गत आवको तीन महिनाको अवधिमा पनि ४६ करोड ५३ लाख रुपैयाँ मूल्य पर्ने ३८ लाख ४७ हजार ८०४ किलोग्राम चामल आयात भएको थियो । 

यहाँ आयात हुनेमा माल्ट, फापर, कोदो, ग्लुटेन, फलफूलको मिठो, मकै वा अन्य अन्नको च्याखलाको पिठो, कनिका, दलहनको पिठोलगायतका १६ थरिका खाद्यान्न आयात हुने गर्छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ६ : २७ बजे

रास्वपाबारे खुश्बु ओली : धोका पायौँ, अबदेखि विश्वास गर्नै नसकिने उदाहरण बन्यो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्वु ओलीले राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशंकरबीच मौरिससमा भेटवार्ता

काठमाडौं- भारतीय विदेश मन्त्री एस. जयशंकर र परराष्ट्र मन्त्री शिशिर

अफगानिस्तानमा बाढीका कारण दशौँ हजार प्रभावित : राष्ट्रसङ्घ

काबुल– गएको दुई हप्तामा अफगानिस्तानमा गम्भीर मौसमी वर्षाका कारण आएको

उपसभामुखमा रास्वपाले धोका दिएपछि ज्ञानेन्द्रको गुनासो : नयाँ र पुराना दलबीच साइनबोर्ड मात्रै फरक रहेछ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नयाँ

प्रतिनिधिसभाबाट धन्यवाद प्रस्ताव पारित

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलबाट सङ्घीय संसद्का दुवै