माओवादीसहित आठ दलबीच एकताका लागि १८ बुँदे सहमतिमा हस्ताक्षर « Khabarhub

माओवादीसहित आठ दलबीच एकताका लागि १८ बुँदे सहमतिमा हस्ताक्षर

विप्लवको नेकपाबाट फुटेको चिरनको समूह पनि मिसियो


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


639
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सात वामपन्थी दलहरूबीच एकीकृत पार्टी गठन गर्ने सहमति भएको छ ।

आइतबार सार्वजनिक गरिएको ‘पार्टी एकता सहमति पत्र’मा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जनसमाजवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी–समाजवादी) र नेकपा (साम्यवादी) ले हस्ताक्षर गरेका छन् ।

सहमति पत्रमा समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्न वृहत्तर कम्युनिस्ट आन्दोलनको एकीकरण अहिलेको ऐतिहासिक आवश्यकता भएको उल्लेख गरिएको छ ।

सहभागी दलहरूले संघीय लोकतान्त्रिक गणतन्त्र, राष्ट्रिय स्वाधीनता, सुशासन, सामाजिक न्याय र आर्थिक–सामाजिक रूपान्तरणका उपलब्धिहरूको रक्षा गर्दै वैज्ञानिक समाजवादको दिशामा अघि बढ्ने बताएका छन् ।

सहमति अनुसार पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्सवाद–लेनिनवाद हुनेछ । तत्कालीन कार्यनीति पूँजीवादी जनवादी क्रान्तिका उपलब्धिहरूको रक्षा र समाजवादको आधार तयार गर्न केन्द्रित हुनेछ ।

आन्दोलनको स्वरूप शान्तिपूर्ण रहने र परिस्थिति अनुसार सडक, सदन र सरकार सबै मोर्चामा क्रियाशील हुने उल्लेख छ । एकता प्रक्रियाअनुसार आगामी कात्तिक १९ गते एकता राष्ट्रिय सम्मेलन आयोजना गरिने छ ।

उक्त सम्मेलनबाट पार्टी एकताको घोषणा, घोषणा पत्र, अन्तरिम विधान र केन्द्रीय समिति गठन गरिने बताइएको छ । त्यसपछि आगामी छ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन आयोजना गरिनेछ ।

नयाँ पार्टीको केन्द्रीय संरचना केन्द्रीय समिति, राजनीतिक समिति, सचिवालय र कार्य संयोजन समिति हुने सहमति भएको छ । पार्टीको नाम तय गरिएको छै भने चुनाव चिन्ह ‘पाँच कुने तारा’ हुने भएको छ ।

सहमति पत्रमा पार्टीको सञ्चालन सामूहिक नेतृत्व र जनवादी केन्द्रीयताका सिद्धान्तअनुसार हुने उल्लेख छ । यसका साथै, राजनीतिक प्रतिवेदन, कार्यक्रम र संगठनात्मक समायोजनका लागि विभिन्न तहमा कार्यदल गठन गरिनेछ ।

सहमति पत्रमा हस्ताक्षर गर्ने नेताहरूमा नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव, जनसमाजवादी पार्टीका अध्यक्ष सुवासराज काफ्ले, नेकपा (समाजवादी)का अध्यक्ष राजु कार्की, नेकपा (माओवादी–समाजवादी)का अध्यक्ष चिरन पुन र नेकपा (साम्यवादी)का अध्यक्ष कर्णजीत बुढाथोकी छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ७ : २१ बजे

कल सेन्टरमा मतदाता सोध्छन्- राष्ट्रिय परिचयपत्रबाट भोट हाल्न पाइन्छ ?

काठमाडौं- के तपाईंसँग मतदाता परिचयपत्र बनाउने, मतदान क्षेत्र परिवर्तन गर्ने,

एचपीभी खोप लगाउँदा प्रभावकारी

तनहुँ– तनहुँ जिल्लामा पाठेघरको मुखको क्यान्सर रोगविरुद्ध एचपीभी खोप अभियानमा

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

दाङ– घोराही उपमहानगरपालिका–१६ स्थित सेवार खोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई

पौवादुङमाका ४७५ आँखा रोगीले गाउँघरमै पाए सेवा

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकामा सञ्चालन गरिएको आँखा शिविरबाट ४७५ जनाले

२५ वर्षमा २६ लाख पर्यटकले घुमे अन्नपूर्ण क्षेत्र

गण्डकी– पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा पछिल्ला २५