छापाखानासम्बन्धी नियमावलीमा समावेश केही प्रावधानप्रति महासङ्घको असहमति « Khabarhub

छापाखानासम्बन्धी नियमावलीमा समावेश केही प्रावधानप्रति महासङ्घको असहमति


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पत्रकार महासङ्घले सरकारले छापाखाना र प्रकाशनसम्बन्धी (दोस्रो संशोधन) नियमावली, २०८२ मा समावेश कतिपय प्रावधानप्रति असहमति जनाएको छ ।

महासङ्घले आज विज्ञप्ति जारी गरी नियमावलीका कतिपय व्यवस्था स्वतन्त्र प्रेसविरोधी देखिएको भन्दैे असहमति जनाएको हो ।

महासङ्घले भनेको छ, “निःशुल्क दर्ता र नवीकरण हुँदै आएकामा शुल्क थोपर्ने, अनुगमन तथा निरीक्षण स्थानीय अधिकारीले पनि गर्ने भन्ने नियन्त्रणमुखी प्रावधान, दर्ता भएका अनलाइनको प्रमाणपत्र रद्द गर्न तीनवटा राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशन गर्नुपर्ने अव्यवहारिक प्रावधान, एउटै ऐनअन्तर्गत दर्ता भएका पत्रपत्रिका नवीकरण गर्न नपर्ने तर अनलाइन हरेक वर्ष नवीकरण गर्न पर्ने विभेदकारी प्रावधान छन् ।”

महासङ्घले स्वतन्त्र प्रेसविरोधी उल्लेखित प्रावधानहरू तत्काल सच्याउन सरकारसँग जोडदार माग पनि गरेको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  १० : २८ बजे

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका

विगतमा धक्का खाए पनि दुई तिहाइ ल्याउन सक्छौँ : केपी ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा