गैरआवासीय नेपाली संघले आज नयाँ नेतृत्व चयन गर्दै « Khabarhub

गैरआवासीय नेपाली संघले आज नयाँ नेतृत्व चयन गर्दै


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) को नवौं अन्तर्राष्ट्रिय सम्मेलनले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गर्दैछ ।

नयाँ कार्यसमिति निर्वाचनको लागि गठित निर्वाचन समितिले जारी गरेको सूचनाअनुसार आज उम्मेदवारी दर्ता, निर्वाचन देखि नतिजा घोषणासम्मको कार्यक्रम रहेको छ ।

बिहान साढे ८ बजे देखि १२ बजेसम्म क्षेत्रीय अध्यक्षहरुको रिपोर्ट पेस गर्ने, विधान संसोधन र साधारणसभाको निर्णय पढ्ने कार्यक्रम छ । त्यस्तै निर्वाचनका लागि उम्मेदवारी दर्ता, नामावली प्रकाशन लगायतका कार्यक्रम जारी रहनेछ । त्यसलगत्तै निर्वाचन सम्बन्धी कार्यक्रम अघि बढ्ने छ ।

यस्तो निर्वाचन तालिका

यसअघि निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन सम्बन्धि कार्यक्रम तालिका अनुसार उम्मेदवारको मनोनयन दर्ता बिहान साढे १० बजेसम्म हुने र दर्ता सकिए लगत्तै उम्मेद्ववारको प्रथम नामावली प्रकाशन गरिने कार्यक्रम छ ।

उम्मेद्वारको मनोनयन उपर दावी/विरोध साढे ११ देखि साढे १२ बजेसम्म छ । आफ्नो नाम फिर्ता लिन इच्छुक उम्मेदवारले दिनको दिनको साढे १० बजेसम्म बजेसम्म लिन सक्नेछन् ।

दिनको २ बजे उम्मेद्ववारको अन्तिम नामावली प्रकाशन पछि दिउँसो ३ बजेदेखि साँझको ८ बजेसम्म निर्वाचन हुने कार्यक्रम छ ।

निर्वाचन सम्पन्न भएको १ घण्टा पश्चात मतगणना शुरु हुनेछ भने मतगणना सकिएपछि निर्वाचनको नतिजा घोषणा गर्ने कार्यक्रम जनाइएको छ । बिद्युतीय माध्यमबाट मतदानको प्रकृया सम्पन्न गरिने बताइएको छ ।

नयाँ कार्यसमितिका लागि अध्यक्षमा कुमार पन्त र कुल आचार्य प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  १० : ३३ बजे

नदीजन्य पदार्थ उत्खनन रोक

मान्म– कालीकोटमा नदी, खोलाबाट ढुङ्गा, गिट्टी, बालुवालगायतका नदीजन्य पदार्थ उत्खननमा

बालकल्याण माविमा हुवावे स्मार्ट कक्षा हस्तान्तरण, डिजिटल शिक्षामा नयाँ पहल

लमजुङ- लमजुङको बेँसीसहर नगरपालिका–२ भकुण्डेस्थित बालकल्याण माध्यमिक विद्यालयमा आधुनिक प्रविधिसहितको

रास्वपा केन्द्रीय सदस्यमा निर्वाचित भएपछि सागर ढकालले गरे महामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा अत्यधिक

भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १८८ जनाको मृत्यु, उद्धार कार्य तीव्र

काठमाडौँ – उत्तरी भेनेजुएलामा गएका दुईवटा शक्तिशाली भूकम्पमा परी कम्तीमा

मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकाले किसानलाई अनुदानमा मिनीटिलर (यान्त्रिक हलो) वितरण