उद्योगीले २८ किस्ता मध्ये १ किस्ता धरौटी बुझाएपछि लाइन जोडिने : अध्यक्ष ढकाल | Khabarhub Khabarhub

उद्योगीले २८ किस्ता मध्ये १ किस्ता धरौटी बुझाएपछि लाइन जोडिने : अध्यक्ष ढकाल


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले डेडिकेटेड फिडर र ट्रंकलाइनको प्रिमियम महसुल विवादका कारण लाइन काटिएका उद्योगीले धरौटी बुझाएपछि तुरुन्त लाइन जोडिने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अध्यक्ष ढकालले उद्योगीहरूले २८ किस्ता सुविधाअनुसार १ किस्ता बराबरको धरौटीका रूपमा बुझाएपछि काटिएको लाइन तुरुन्त जोडिने बताएका हुन् ।

 ‘यस प्रस्तावअनुसार उद्योगीहरूले पहिलेको २८ किस्ता सुविधा अनुसारको एक किस्ता बराबरको रकम धरौटीका रूपमा बुझाएपछि काटिएका विद्युत लाइन तुरुन्त जोडिनेछ। यससँगै उद्योगीहरूले विवादित रकममा पुनरावलोकन र कानुनी उपचार खोज्ने अवसर पनि पाउनेछन्’, ढकालले लेखेका छन् ।

उनले सो प्रस्तावलाई मध्यमार्गी प्रस्ताव भएको भन्दै प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिल सिन्हा, मुख्य सचिव एकनारायण अर्याल र मन्त्रालयका सचिवहरूको उच्चस्तरीय छलफलमा सो प्रस्ताव आएको बताएका छन् ।

धरौटी बुझाएसँगै उद्योगीहरूले विवादित रकममा पुनरावलोकन र कानुनी उपचार खोज्ने अवसर पनि पाउने ढकालको भनाइ छ । 

साथै, अध्यक्ष ढकालले सो कदमबाट उद्योगहरूमा विद्युत आपूर्ति सुचारु भइ उद्योग सञ्चालन  नियमित हुनेछ भने निजी क्षेत्र र सरकारबीच थप विश्वास र सहयोगको वातावरण बनेको समेत बताएका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  १२ : २६ बजे

मध्य भारतमा रेल दुर्घटना : यात्रु र मालवाहक रेल ठोक्किँदा कम्तीमा ११ जनाको निधन

नयाँदिल्ली– मध्य भारतमा मङ्गलबार राति एक यात्रु रेल मालवाहक (कार्गो)

मौरीपालनबाट वार्षिक १५ लाख कमाउँदै ७३ वर्षीय टीकाराम

पर्वत– उमेरले ७३ वर्ष पार गरे पनि जोशजाँगर भने लक्काजवानको भन्दा

चन्द्र भण्डारी भन्छन्- कांग्रेसले महाधिवेशनबाट भाग्न मिल्दैन

काठमाडौं– कांग्रेस नेता डा. चन्द्र भण्डारीले जेन-जी आन्दोलनपछि उत्पन्न जटिल

तोलामा १ हजार १ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा बुधबार सुनको मूल्य केही घटेको छ ।

भयानकै होला भनेको यात्रा समाप्त भयो : रामकुमारी

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) नेतृ रामकुमारी झाँक्रीले भयानक होला