जनार्दनको अभियानमा उपस्थित भइनन् बहिनी नारायणी शर्मा « Khabarhub

जनार्दनको अभियानमा उपस्थित भइनन् बहिनी नारायणी शर्मा


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले मंगलबार गरेको पत्रकार सम्मेलनमा जनार्दन शर्माकी बहिनी नेत्री नारायणी उपस्थित भइनन् ।

नेता राम कार्की र सन्दीप पुनसहित सहभागी पत्रकार सम्मेलनमा उनकै परिवारका सदस्यहरू नदेखिएका हुन् ।

नेकपा एकीकृत समाजवादीसहित ८ दलसँग मिल्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्णयमा असहमति जनाउँदै जनार्दनले फरक मत राखेका छन् ।

उनी माओवादीको अन्तिम बैठकमा पनि सहभागी भएनन्। उता उनकी बहिनी नारायणी भने प्रज्ञा भवन कमलादिमा जारी माओवादी केन्द्रको अन्तिम बैठकमा उपस्थित भइन् ।

नेताहरूका अनुसार नारायणीले दाजु जनार्दनलाई साथ दिएकी छैनन् । उनले माओवादीसहित आठ दलको एकताको पक्षमा आफूलाई उभ्याएकी छन् ।

२०५२ सालमा जनयुद्ध सुरु गर्दा रुकुमको चौकीमा भएको पहिलो आक्रमणका क्रममा नारायणी शर्मा सहभागी थिइन्।

२०७९ को निर्वाचनमा समानुपातिक सांसद रहेकी शर्मालाई जनार्दन पक्षीय नेताका रुपमा गनिन्थ्यो। २०७० मा दाङ क्षेत्र नम्बर १ बाट पराजित उनी एकताकै पक्षमा उभिएकी हुन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ३ : ०५ बजे

इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं – इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर

सुनिल थापालाई सम्झिँदै प्रियंकाले भनिन् : सधैं मेरो कोच रहनुहुनेछ

काठमाडौं – बलिउड सुपरस्टार प्रियंकाले चोपरा नेपाली सिनेमाका अनुभवी कलाकार

पाँचौँ राष्ट्रिय स्की प्रतियोगिता सम्पन्न

मुस्ताङ– मुस्ताङमा आयोजित पाँचौँ राष्ट्रिय स्की प्रतियोगिता आज सम्पन्न भएको

साफ यु–१९ महिला च्याम्पियनसिपको उपाधि भारतलाई

कास्की– पोखरामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल