नयाँ यात्रा थालेका जनार्दन अध्यक्ष नबन्ने, नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने « Khabarhub

नयाँ यात्रा थालेका जनार्दन अध्यक्ष नबन्ने, नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रबाट विद्रोह गरेका नेता जनार्दन शर्माले आफू नयाँ यात्रा लागे पनि पार्टी खोलेको अवस्थामा अध्यक्ष नहुने बताएका छन् ।

मंगलबार पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् ।

नेकपा एकीकृत समाजवादीसहित ८ दलसँग मिल्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्णयमा असहमति जनाउँदै जनार्दनले फरक मत राखेर नयाँ अभियान घोषणा गरेका हुन् ।

‘हामी अब अध्यक्ष र उपाध्यक्ष हुने दौडमा छैनौँ । नयाँ पुस्तालाई हामी अगाडि सार्छौँ’, उनले भने, ‘उहाँहरूलाई अध्यक्षका रुपमा अघि सारेर प्रचण्डले छाडेको आन्दोलनलाई अघि बढाउँछौँ ।’

उता अर्का नेता राम कार्कीले पनि आफूहरूले नेतृत्वमा नगएर नयाँ पुस्तालाई स्थापित गर्ने बताए । ‘राजनीति छाडेर चन्दन लाउँदैनौँ। तर हामी कार्यकारी भूमिकामा बस्दैनौँ’, उनले भने, ‘हामी एउटा नयाँ यात्रामा छौँ । हामी बन्दुक बोकेर जंगल पनि जाँदैनौँ । हामी २० पार्टीमाझ केबल एउटा पार्टी थप्न मात्रै आएका होइनौँ।’

उनले अब युवाहरूले नयाँ दल बनाउने बताउँदै पाका नेताहरूले सुझाव दिएर अघि बढाउने पनि बताएका छन् ।

माओवादी छाड्दा जनार्दनलाई धोकेबाज भनिरहेको बताउँदै उनले प्रचण्डले नै माओवादीको आन्दोलनलाई धोका दिएर हिँडेको बताएका छन् ।

कार्कीले अबको प्रतिस्पर्धा युवा पिढीको रहेको बताउँदै अब महिला, गरिब र मजदुरको पार्टीका रुपमा आफूहरूले स्थापित गर्ने बताएका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ३ : ३३ बजे

गुरुकुलमा यौन अपराध : ‘अपवित्र’भएँ भन्दै नाबालिग रोएपछि बाहिरियो घटना

काठमाडौं- बूढानीलकण्ठ नगरपालिका–५ स्थित अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) मा हुने

सरकारी कार्यालय परिसरबाट कर्मचारी संघ-संगठनका कार्यालय हटाउन सात दिने अल्टिमेटम

काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले सरकारी तथा सार्वजनिक निकायभित्र सञ्चालनमा

युद्ध अन्त्य नै प्रमुख सर्त : इरान

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकासँगको सम्भावित शान्ति सम्झौतामा लेबनानसहित

मौका नदिई खेलाडी छनोट गरेको भन्दै सर्वोच्चमा रिट

काठमाडौं– एशियाली खेलकुदको पौडी खेलाडी छनौटमा असहमति जनाउँदै खेलाडीहरू सर्वोच्च

बाँके निकुञ्जमा भौतिक पूर्वाधारमा लगानी गर्न आग्रह

नेपालगन्ज– यहाँका पर्यटन व्यवसायीले बाँके राष्ट्रिय निकुञ्जमा भौतिक पूर्वाधार विकासमा