शिक्षणसँगै व्यावसायिक केराखेती, वार्षिक १० लाख मुनाफा « Khabarhub

शिक्षणसँगै व्यावसायिक केराखेती, वार्षिक १० लाख मुनाफा


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

 महेन्द्रनगर– कञ्चनपुरको पुनर्वास नगरपालिका–१ का विष्णुराज घिमिरे जनकल्याण माध्यमिक विद्यालयका शिक्षक हुन् । तर उनको परिचय शिक्षकमा मात्रै सीमित छैन । उनीहाल व्यावसायिक कृषकको रुपमा पनि परिचित छन्। विसं २०७५ देखि केराखेती गरेका घिमिरेले हाल साढे आठ बिघा जमिन भाडामा लिएर केराखेती गरिरहेका छन् ।

‘वार्षिक पाँच लाख भाडा तिर्ने गरी जमिन लिएर केराखेती गरिरहेको छु,’ घिमिरेले भने, ‘वार्षिक केराखेतीबाट १० लाख मुनाफा हुन्छ ।’ उनले केराखेतीबाट भएको आम्दानीले प्रत्येक वर्ष क्षेत्र विस्तार गर्नाका साथै छोराछोरीको अध्ययन खर्च जुटाइरहेको बताए।

‘केराको मूल्यमा उतारचढाव आउँदा कहिलेकाहीँ समस्या हुन्छ,’ उनले भने, ‘कञ्चनपुर जिल्ला असारदेखि माघसम्म केरामा आत्मनिर्भर भइसकेको छ ।’ उनले बाह्रै महिना केरा उत्पादन गर्न यहाँ सम्भव नभएको बताए।

केराखेतीबाट वार्षिक २० देखि ३० लाखसम्मको कारोबार हुने गरेको बताउँदै घिमिरेले केराखेतीमा आफूले १० जनालाई ज्यालादारीमा रोजगारी पनि दिएको जानकारी दिए ।

‘बिरुवा, केरा गोडमेल गर्न चाहिने कृषि औजारहरू सिँचाइलगायतका विषयमा कृषि ज्ञान केन्द्रबाट हरेक वर्ष सहयोग मिलेकै छ,’ गाउँमा रहेको अंशुबर्मा बिजवृद्धि कृषक समूहको अध्यक्षसमेत रहनुभएका घिमिरेले भने, ‘यहाँको बेलौरी र पुर्नबास क्षेत्रमा उत्पादन भएको केराका लागि बजारको समस्या छैन, धनगढी र अत्तरियामा खपत हुँदैछ ।’

उनले गाउँमा कृषि समूहको नेतृत्व गर्दै बीउबिजन उत्पादनमा समेत जोड दिएका छन् । 

त्यसैगरी, पुनर्बास नगरपालिका–६ का बिमल भण्डारी कृषि तालिमका सिलसिलामा २०७२ सालमा इजरायल पुगे। साना किसान संस्थामार्फत ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेर एक वर्ष तालिम लिएका भण्डारीले स्वदेश फर्किएपछि एक बिघाबाट केराखेती सुरु गरे। 

‘केराखेती गरेको सात वर्ष भयो, रोजगारीका लागि विदेशिने कि भन्ने सोच यो खेतीले आउन दिएको छैन,’ भण्डारीले भने, ‘अहिले छ बिघा खेतीमा लगाएको केरा खेतीबाट वार्षिक रु १० लाखभन्दा बढी आम्दानी भएकै छ ।’

कृषि पेसा अङ्गालेर जीविका चलाउँदै आएका भण्डारीले १२ बिघा खेत भाडामा लिएर खेती गरिरहेका छन् । भारतमा केराको उत्पादन बढ्दा त्यसको असर आफूहरूलाई पर्ने गरेको उनको भनाइ छ । उनले भने, ‘भारतीय केरा रोक लगाएर स्वदेशी उत्पादनलाई बढावा दिन आग्रह गरिए पनि सुनुवाइ भएन ।’

कृषि ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकृत धर्मबहादुर साउदले यहाँ प्रतिहेक्टर २० मेट्रिकटन केरा उत्पादन हुने जानकारी दिए । 

‘एक पालिका एक उत्पादनअन्र्तगत भीमदत्त केरा खेतीका लागि छनोट भएको छ,’ उनले भने, ‘त्यसका लागि रु ४० लाख रकम विनियोजन भएको छ ।’

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ३ : ५२ बजे

हेटमायरको विष्फोटक ब्याटिङमा वेस्ट इन्डिजले जिम्बाब्वेलाई दियो २५५ रनको विशाल लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा वेस्ट इन्डिजले

गौर घटनामा २० जनाविरुद्ध मुद्दा अघि बढाइयो

रौतहट– रौतहटको गौरमा दुई समुदायबीच भएको साम्प्रदायिक झडप तथा आगजनी

कांग्रेसले काठमाडौँ, पोखरा र सुर्खेतमा चुनावी सभा गर्दै

काठमाडौँ- नेपाली कांग्रेसले आगामी निर्वाचनलाई लक्षित गर्दै विभिन्न सहरमा चुनावी

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति कार्यान्वयन गरिन्छ : उपसभापति अर्याल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले निर्वाचित

इमान्दार नेता र नेतृत्वलाई मतदान गरौँ : पुष्पा भुसाल

ललितपुर- नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले उमेदवारको इमान्दारिता, योजना र