१० घण्टामा झण्डै २ हजार डलरले घट्यो बिट्क्वाइनको मूल्य « Khabarhub

१० घण्टामा झण्डै २ हजार डलरले घट्यो बिट्क्वाइनको मूल्य


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो १० घण्टामा क्रिप्टोकरेन्सी बिट्क्वाइनको मूल्य झण्डै २ हजार डलरले घटेको छ । युनिभर्सल समयअनुसार राति १२ बजे १ लाख ६ हजार ५५७ अमेरिकी डलरमा कारोबार भएको बिटक्वाइनको मूल्य १० घण्टामा ओरालो लागेर १ लाख ३ हजार ७१२ अमेरिकी डलरमा कारोबार भएको छ ।

पछिल्लो २ दिन यता बिटक्वाइनको मूल्य निरन्तर ओरालो लागिरहेको छ । नोभेम्बर २ मा १ लाख ११ हजार ९३३ अमेरिकी डलरसम्म बिटक्वाइनको कारोबार भएको थियो ।

बिटक्वाइनको मात्रै नभएर पछिल्लो केही दिनयता अधिकांश क्रिप्टोकरेन्सीको मूल्यमा गिरावट आएको छ । पछिल्लो २४ घण्टामा इथर, स्टेबल क्वाइन टिथर, एक्सआरपी, बिएनबी, सोल लगायत अधिकांश क्रिप्टोकरेन्सीको मूल्यमा भारी गिरावट सहित कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ४ : ०१ बजे

भारत छाड्ने सरकारी आदेशविरुद्ध अदालत पुगे इमरान खान, ओसीआई कार्ड पनि रद्द हुन सक्ने

काठमाडौँ – बलिउड अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खान

टाइगर श्राफमाथि गोली प्रहारपछि भाग्दै थिए नेपालतर्फ ? कोटा रेलवे स्टेसनबाट तीन जना पक्राउ

काठमाडौँ – बलिउड अभिनेता टाइगर श्राफको कारमाथि गोली प्रहार गरेको

नवरात्रको नवौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको नवौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

सुस्त सुरुवात, १० करोडको छलाङ, ‘पेन्सन पट्टा’ बन्यो वर्षकै दोस्रो ठूलो कमाइ गर्ने फिल्म

काठमाडौँ – दयाहाङ राई अभिनीत नेपाली फिल्म ‘पेन्सन पट्टा’ले बक्सअफिसमा १०

‘मासु खाँदा हड्डी अड्किए तुरुन्त अस्पताल जानुपर्छ’

काठमाडौँ-  दसैँमा चिल्लो, पिरो र अमिलो खानेकुराको सेवन बढ्दा घाँटीमा