आगलागीका घटनामा वृद्धि « Khabarhub

आगलागीका घटनामा वृद्धि


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सावधानी र जनचेतनाको अभावमा आगलागीका घटनामा वृद्धि भएको पाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही कात्तिक १७ देखि १८ गते बिहानसम्म देशभर नौ वटा आगलागीका घटना भएका छन् ।

प्राधिकरणका अनुसार झापा, मोरङ, महोत्तरी, सर्लाही, रौतहट, बारा, गोरखा, पर्वत र कैलालीमा आगलागीका घटना भएका छन् । देशभर कूल १८ वटा विपद्का घटना घटेका छन् । ती घटनामा परेर तीन जनाको ज्यान गएको छ भने आठ जना घाइते भएका छन् । प्राधिकरणका अनुसार कूल ११ लाख एक सय रुपैयाँ बराबरको क्षति भएको छ ।

यस्तै, रसुवामा हावाहुरीका कारण क्षति पुगेको छ । गोसाइँकुण्ड गापा–४ लाङटाङस्थित हावाहुरी र माथिबाट खसेको हिमपहिरोका कारण स्थानीय होटलमा क्षति पुगेको छ । भोजपुर, खोटाङ र ललितपुरमा पहिरोका घटना भएका छन् ।

दोलखाको गौरीशङ्कर गापा–९ स्थित येलुङ रि हिमाल आरोहणका लागि गएका नेपाली पथप्रदर्शक तथा विदेशी नागरिक समेत गरी १२ जना गएकामा हिमाल आरोहण गर्ने क्रममा हिउँ पहिरोमा परी चार जना विदेशी नागरिक बेपत्ता भएका छन् । दुई नेपाली र एक विदेशी गरी तीन जनाको मृत्यु र पाँच नेपाली घाइते भएका छन् ।

गोरखाको चुननुब्रीमा हिमपातका कारण प्रभावित भएकालाई उद्धार गरिएको छ । सिरहा, तनहुँ र कैलालीमा भने सर्पदंशकारण तीन जना घाइते भइ उपचारका क्रममा छन् । (रासस)

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ७ : २१ बजे

पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध

काठमाडौं – निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक

सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री

चितवन । यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि

डोनाल्ड ट्रम्पले भने : इरान वार्ता चाहन्छ, तर ‘अब ढिलो भइसक्यो’

काठमाडौं – अमेरिका–इजरायल र इरानबीच जारी सैन्य द्वन्द्व आज चौथो

धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरलाई

काठमाडौं – ऐतिहासिक धरहराभित्र भूमिगत तलामा रहेको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी

प्रसाईंसहित चार बन्दीको मुद्दामा कारण देखाउ आदेश

काठमाडौं – सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईंसहित चारवटा बन्दीप्रत्यक्षीकरण