‘संविधानलाई ‘लिक’मा फर्काउन आन्दोलनको तयारीमा छौं’ « Khabarhub

‘संविधानलाई ‘लिक’मा फर्काउन आन्दोलनको तयारीमा छौं’


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)का केन्द्रीय सदस्य विष्णु रिजालले विश्वमा समाजवादी आन्दोलन कमजोर हुँदा नेपालमा थप बलियो भएको बताएका छन्।

चीनको बेइजिङमा नोभेम्बर ३ र ४ मा आयोजना गरिएको ‘द क्रस रोड अफ वर्ल्ड हिस्ट्री एण्ड द च्वाइस अफ पिपुल अफ अल नेसन्स’सम्बन्धी १५ औं अन्तराष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै नेता रिजालले सो कुरा बताएका हुन्। उनले एमालेले आफ्ना पूर्वमहासचिव मदन भण्डारीले प्रतिपादन गरेको नेपाली विशेषताको समाजवाद जनताको बहुदलीय जनवाद (जबज) का कारण समाजवादी आन्दोलन थप सशक्त बनेको बताएका हुन्।

‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अघि सारेको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षाको आलोकमा नेपालमा समाजवादी आन्दोलन थप बलियो बनेको हो’, रिजालले सो सम्मेलनलाई सम्बोधन गर्दै भनेका छन्।

३३ देशका करिब तीन सय प्रतिनिधि सहभागी सो सम्मेलनमा रिजालले नेपालमा हालै भएको जेनजी आन्दोलन र यसका कारण र असरका बारेमा पनि स्पष्ट पारेका छन्।

उनले जेनजी आन्दोलनका नाममा हिंसा, तोडफोड,आगजनी मच्चाएर एमाले नेतृत्वको सरकारलाई बिस्थापन गरिएको छ’ रिजालले सो सम्मेलनलाई सम्बोधन गर्दै भने, ‘आन्दोलनपछि बनेको सरकार अलोकतान्त्रिक र गैह्र संवैधानिक छ। ’

रिजालले पुँजीवाद र साम्राज्यवादका विरुद्ध निरन्तर संघर्ष गर्नुपर्ने उल्लेख गरेका छन्। यो काम चुनौतिपूर्ण भए पनि सर्वहारा वर्गको हितका लागि अनिवार्य भएको रिजालको भनाइ थियो।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  १० : ०१ बजे

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री (खुला २) पदका

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा