फरमुल्ला मन्सुरको प्रस्ताव : गगन थापालाई कांग्रेस सभापति र भावी प्रधानमन्त्रीमा अघि सारौँ « Khabarhub

फरमुल्ला मन्सुरको प्रस्ताव : गगन थापालाई कांग्रेस सभापति र भावी प्रधानमन्त्रीमा अघि सारौँ


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सह–महामन्त्री फरमुल्ला मन्सुरले पार्टीका महामन्त्री गगनकुमार थापालाई भावी प्रधानमन्त्री र पार्टी सभापतिका रूपमा अघि सार्न प्रस्ताव गरेका छन्।

सानेपामा बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै मन्सुरले गगन थापा नेतृत्वमा नयाँ पुस्तालाई जिम्मेवारी दिनुपर्ने धारणा राखे। उनले भने, ‘अहिले गगनकुमार थापाको पक्षमा कांग्रेसको प्रधानमन्त्री र सभापति बन्नुपर्छ भन्ने आवाज उठिरहेको छ। त्यसलाई पार्टीले सुन्न र मूल्यांकन गर्नुपर्छ।’

मन्सुरले विशेष महाधिवेशनलाई पार्टीले सकारात्मक रूपमा लिनुपर्ने सुझाव पनि दिए। उनका अनुसार, कांग्रेसका लागि विशेष महाधिवेशन नयाँ अभ्यास होइन र आवश्यक परे १० दिनभित्र गर्न सकिने प्रक्रिया रहेको छ।

उनले भने, ’यो निर्णय कांग्रेसका लागि अवसर हो। विशेष महाधिवेशनलाई कांग्रेसले ग्रहण गर्नुपर्छ। त्यसपछि हामी फागुन २१ को चुनावमा जान सक्छौं।’

पूर्व जिल्लासभापति समेत रहिसकेका मन्सुरले आफ्नो राजनीतिक अनुभव स्मरण गर्दै भने, ‘म २०५० सालमा पार्टी सभापति थिएँ। गिरिजाप्रसाद कोइरालासँग निकट भएकाले कृष्णप्रसादले मलाई हटाउनुभयो। तर आज पनि म जनताको चाहना सुन्नुपर्नेमा जोड दिन्छु।’

मन्सुरले चौधौं महाधिवेशनमा गगन थापा लोकप्रिय नेताका रूपमा स्थापित भएका बताए । ‘त्यो महाधिवेशनमा गगन लोकप्रिय नेताका रुपमा स्थापित भए । अहिले पनि उनले अघि सारेको विशेष महाधिवेशनको पक्षमा ५४ प्रतिशत प्रतिनिधि उभिएका छन्’, उनले भने, ’अब उनलाई कांग्रेसबाट भावी सभापति र प्रधानमन्त्रीका उम्मेदवारका रूपमा अघि सार्नुपर्छ ।‘

मन्सुरले पार्टी एकता, नयाँ सोच र युवा नेतृत्वलाई प्राथमिकता दिएर आगामी चुनावमा गगनलाई आधिकारिक रूपमा अगाडि बढाउन पनि आग्रह गरे।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  १ : ३२ बजे

रास्वपा नेता-कार्यकर्ता अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाकोटी

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीका

७ वर्षअघि गाउँपालिका कार्यालयमा बम राखेको आरोपमा विप्लव कार्यकर्ता पक्राउ

काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिका कार्यालयमा बम राख्ने नेपाली कम्यनिस्ट

कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छ : शेखर कोइराला

विराटनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस

रावल आयोगकाे प्रतिवेदन कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो ८ सदस्यीय समिति

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

सिंहदरबारकै क्यान्टिनमा घुन लागेको दाल र सडेका अन्डा, २ लाख बढी जरिबाना

काठमाडौं – देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र सञ्चालित क्यान्टिनमै गुणस्तरहीन