अनमोलको ‘धुपौरे’ मा प्रमोदको इन्ट्री ! | Khabarhub Khabarhub

अनमोलको ‘धुपौरे’ मा प्रमोदको इन्ट्री !


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साम्तेन भुटियाले निर्देशन गर्ने फिल्म ‘धुपौरे’ को चर्चा छ यतिबेला । यो फिल्ममा अनमोल केसी अनुबन्ध भएसँगै चर्चा शुरु भएको थियो । अनमोल पछिल्लो समयका डिमान्डेड अभिनेता पनि हुन् ।

हालै साम्तेनको उक्त फिल्ममा अर्का कलाकार प्रमोद अग्रहरीको पनि आगमन भएको छ । फिल्ममा प्रमोद अनमोलको अपोजिटमा देखिनेछन् । डार्क एक्सन लभस्टोरी भनिएको यो फिल्ममा नकारात्मक भूमिकामा प्रमोदलाई देख्न पाइने भएको हो ।

निर्माण टिमका अनुसार फिल्मको कथाअनुसार नै प्रमोदलाई लिइएको हो । टिमले छिट्टै नै नायिका को रहने भन्ने बारेमा जानकारी दिने जनाएको छ ।

फिल्ममा अनमोलले एक जुवाडेको भूमिका निभाउनेछन् । खबरका अनुसार उनले यतिबेला फिल्मका लागि तास खेल्न सिकिरहेका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  ३ : ५२ बजे

राष्ट्रपति पौडेल कतार प्रस्थान (तस्बिरसहित)

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहा प्रस्ताथन गरेका छन्

भीमफेदी कारागारबाट भागेका १५४ कैदीबन्दी अझै सम्पर्कविहीन

मकवानपुर– मकवानपुरको भीमफेदी गाउँपालिकास्थित क्षेत्रीय कारागारबाट फरार भएकामध्ये २६ जना

धवलागिरिका जलजला, मुना र मरेनी क्षेत्रमा ‘रेडपाण्डा’ भेटियो

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका वडा नम्बर २ र ३ का

बनेपामा ‘एक घर, एक धारा’ अभियान

काभ्रे– काभ्रेको बनेपा नगरपालिका–६ स्थित बस्तीहरुमा खानेपानी वितरण थालिएको छ

पत्रकारसँग संवाद गर्दै एमाले महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सोमबार पत्रकारसँग संवाद