अर्थसंक्षेप : राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ निक्षेप तान्दै, राष्ट्र बैंकको प्रवक्तामा पौडेल, १२ अंकले बढ्यो नेप्से र चीनद्वारा अमेरिकी सामानमा थप शुल्क स्थगित « Khabarhub

अर्थसंक्षेप : राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ निक्षेप तान्दै, राष्ट्र बैंकको प्रवक्तामा पौडेल, १२ अंकले बढ्यो नेप्से र चीनद्वारा अमेरिकी सामानमा थप शुल्क स्थगित


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

निजी क्षेत्रको अवस्था, लगानीको अवसर र चुनौतीबारे चेम्बर र विश्व बैंकबीच छलफल

नेपाल चेम्बर अफ कमर्स र विश्व बैंक समूहबीच नेपालको निजी क्षेत्रको अवस्था, लगानीका अवसर र वर्तमान चुनौतीबारे उच्चस्तरीय छलफल भएको छ ।

काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवाल, पदाधिकारी, विभिन्न समितिका सभापति तथा उद्योगी–व्यवसायीहरू एवं विश्व बैंक समूहका साउथ एसिया लिड इकोनोमिस्ट मर्चिन पियाट्कोस्की नेतृत्वको टोलीले सहभागिता जनाएको थियो ।

१२ अंकले बढ्यो नेप्से, ९० वटा कम्पनीको सेयर मूल्य भने घट्यो

मौरीपालनबाट वार्षिक १५ लाख कमाउँदै ७३ वर्षीय टीकाराम

शिक्षण पेसामा रहेका विष्णुराज केराखेतीमा रमाउँदै

राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी गुरुप्रसाद पौडेललाई

नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललाई दिइएको छ । मंगलबारदेखि लागू हुनेगरी राष्ट्र बैंकले पौडेललाई सो जिम्मेवारी दिएको हो ।

२०५९ सालमा बैंक सेवामा प्रवेश गरेका पौडेलको बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, बैंक सुपरीवेक्षण विभागलगायतको कार्यानुभव रहेको छ ।

राष्ट्र बैंकले आज ५० अर्ब रुपैयाँ निक्षेप तान्दै

तोलामा १ हजार १ सय रुपैयाँले घट्यो सुनको मूल्य

बाँकेमा धानखेती क्षेत्र घट्यो, उत्पादन बढ्यो

नेपाल-भारतबीच ऊर्जा आदानप्रदान र प्रसारण सञ्जाल विस्तारमा सात बुँदे सहमति

नेपाल र भारतबीचको ऊर्जा सहयोगलाई थप सुदृढ बनाउने उद्देश्यसहित संयुक्त प्राविधिक टोलीको १७औँ बैठकले ऊर्जा आदानप्रदान र प्रसारण सञ्जाल विस्तारमा सात बुँदे सहमति भएको छ ।

नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीप कुमार देव र भारत सरकारको केन्द्रीय विद्युत प्राधिकरणका प्रमुख इन्जिनियर भगवान सहाय बैरवाको सह-अध्यक्षतामा यही कात्तिक १७ र १८ गते पाेखरामा बसेकाे बैठकमा दुवै देशका प्राविधिक टोलीका सदस्यहरूको सहभागिता थियो ।

कैलालीमा १५६ उद्योग थपिए

चीनद्वारा अमेरिकी सामानमा थप शुल्क स्थगित

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ७ : ०५ बजे

शिक्षामन्त्री प्रधानको राजीनामापछि कक्रोच आन्दोलन फिर्ता

नयाँ दिल्ली- भारतका सङ्घीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि भारतमा

वडा सदस्यको घरबाट ठूलो परिमाणमा डीएपी मल बरामद

जनकपुरधाम– धनुषाको धनुषाधाम नगरपालिका–५, ९०० बिघास्थित एक वडा सदस्यको घरबाट

हर्कको प्रवेशले एमाले भोजपुरमा हलचल, उपमेयर शेर्पासहित सात नेतामाथि कारबाही

भोजपुर– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ केही दिनअघि जिल्ला

कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले दिए राजीनामा

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका