नयाँ पार्टीका नेताबारे लेखनाथ न्यौपानेको टिप्पणी : दाने गाई जस्ता, फुकाएपछि फागुन २१ नआउँदै आफ्नो बाटो लाग्छन् « Khabarhub

नयाँ पार्टीका नेताबारे लेखनाथ न्यौपानेको टिप्पणी : दाने गाई जस्ता, फुकाएपछि फागुन २१ नआउँदै आफ्नो बाटो लाग्छन्


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का युवा नेता लेखनाथ न्यौपानेले बुधबार घोषणा गरिएको दस दलबीचको एकता लामो समय टिक्ने सम्भावना नभएको टिप्पणी गरेका छन्।

बुधबार माओवादी केन्द्रको नेतृत्वमा ‘नेपाली कम्युनिस्ट पार्टी’ नामक नयाँ एकीकृत पार्टीको घोषणा भएको सन्दर्भमा उनले यस्तो टिप्पणी गरेका हुन् ।

उक्त एकता कार्यक्रममा सहभागी नभएर घरमै बसेका न्यौपानेले सामाजिक सञ्जालमार्फत माओवादी र एकीकृत समाजवादी पार्टीको कदमप्रति तिखो व्यंग्य गरेका छन्।

उनले लेखेका छन्, ‘ओछ्यानमा बसेर भिडियो हेरेपछि… पिँध नभाका लोटा, अनुहार कुचिएका, पानीका लौरा, पिङ खेल्दा खेल्दा थाकेका, गन्हाएका नाम मञ्चमा’, उनले भनेका छन्, ‘यसो हेरेको सबै दानेगाई जस्ता, फुकाएपछि आआफ्नै बाटो लाग्ने, फागुन २१ सम्म रहे ठूलो कुरो ।’

उनले नहुनुभन्दा जस्तो भए पनि मामा नै हो भनेर चित्त बुझाउने मेलो नेताहरूले गरेको उल्लेख गरेका छन् । ‘एउटा नयाँ कुरा टाई लगाउन बिर्सेका रहेछन् मान्छेहरूले आज’, उनले भनेका छन् ।

उनको यो टिप्पणी माओवादी नेतृत्वमा भएको नयाँ एकतालाई लक्षित गर्दै व्यंग्यका रूपमा आएको छ । न्यौपानेले अघिल्ला एकता प्रयासहरू पनि असफल भएको स्मरण गराउँदै अहिलेको एकतालाई पनि टिकाउ नहुने दाबी गरेका छन्।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ६ : १५ बजे

बैतडीका २५ सय बढी किशोरीलाई एचपीभी खोप लगाइँदै

बैतडी– पाठेघरको मुखको क्यान्सरविरुद्ध दिइने एचपीभी खोप जिल्लाका दुई हजार

स्थानीयस्तरका महोत्सवले पर्यटन प्रवर्द्धनमा टेवा

भोजपुर– स्थानीयस्तरमा सञ्चालन हुने खेलकुद प्रतियोगिता तथा मेला, महोत्सवले पर्यटन

सवारी दुर्घटनामा गाडी चालकको मृत्यु

बैतडी– बैतडीमा सवारी साधन ‘इभी हाइस’ दुर्घटना हुँदा चालकको मृत्यु

महाशिवरात्रि पर्वका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास

मौसम पूर्वानुमान : तराईमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल