बझाङमा ट्याक्टर दुर्घटनाः दुई जनाको मृत्यु, चालकको अवस्था गम्भीर « Khabarhub

बझाङमा ट्याक्टर दुर्घटनाः दुई जनाको मृत्यु, चालकको अवस्था गम्भीर


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

बझाङ – बझाङको थलारा गाउँपालिका–२ कफलकाँडामा बुधबार राति भएको ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी खगेन्द्र धमलाका अनुसार झोताबाट सामान बोकेर रायल हुँदै कफलकाँडा जाँदै गरेको ट्याक्टर पारमुल नजिकै अनियन्त्रित भई सडकबाट करिब ६०० मिटर तल खसेको थियो।

दुर्घटनामा स्थानीय ४५ वर्षीय कौमले खाती र ३८ वर्षीय जसे खातीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। चालक कैलालीका खुशीराम चौधरी गम्भीर घाइते भएका छन्। बेहोस अवस्थामा रहेका उनलाई उपचारका लागि जिल्ला अस्पताल सिमखेत लग्ने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।

ट्याक्टरमा चालकसहित तीन जना सवार थिए। दुर्घटनाको खबर पाएलगत्तै बगडा प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार कार्य थालेको प्रहरीले जनाएको छ। ट्याक्टरको दर्ता नम्बर भने सार्वजनिक गरिएको छैन।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ९ : ४२ बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल