मिर्गौला किनबेचको आरोपमा निदान अस्पतालका सीइओसहित पाँच जना पक्राउ « Khabarhub

मिर्गौला किनबेचको आरोपमा निदान अस्पतालका सीइओसहित पाँच जना पक्राउ


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मिर्गौला किनबेच तथा विक्री वितरणमा संलग्न भएको आरोपमा निदान अस्पतालबाट पाँच जना पक्राउ परेका छन् ।

प्रहरीले निदान अस्पतालका सीइओ र चिकित्सकसहित पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौं २६ घर भएका निदानका सिइओ विपेन्द्र प्रधान, डा राजेश पन्त, रामेछाप दोरम्बा ३ घर भई स्वयम्भू बस्ने शंकरलाल लामा, सप्तरी कञ्चनरुप नगरपालिका ९ घर भई भक्तपुर मध्यपुरठिमी बस्ने कुमुदकुमार भट्टराई र ललितपुरका रामचन्द्र आले रहेको प्रहरीको मानव बेचविखन अनुसन्धान व्यूरोका प्रवक्ता प्रहरी उपरिक्षक गोविन्द थपलियाले बताए ।

अस्पतालका सीइओ प्रधान, अस्पतालका लिगल अफिसर भट्टराई, अस्पतालका डाक्टर पन्त र जिल्ला प्रसासन कार्यलय ललितपुरका शाखा अधिकृत  आलेको मिलेमतोमा मिर्गौला फेल भएका रामेछापका  लामाले मिर्गौला ग्रहण गरेका थिए ।

पक्राउ परेका उनीहरुलाई मानव बेचविखन तथा ओसापसार नियन्त्रण ऐन अनुसार अनुसन्धान र कारबाही हुने प्रहरीले जनाएको छ ।

के छ कानुनी व्यवस्था ?
मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ मा मानिसको अङ्ग झिक्ने कार्यलाई मानव बेचविखन र ओसारपासर गरेको मानिने उल्लेख गरिएको छ ।
सोही एनेको परिच्छेद ४ मा दण्ड सजाय तथा क्षतिपूर्ति सम्बन्धी व्यवस्थामा भनिएको छ, ‘प्रचलित कानून बमोजिम बाहेक मानिसको कुनै अङ्ग झिक्नेलाई १० वर्ष कैद र दुई लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना हुने’उल्लेख गरीएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  ५ : ०४ बजे

काठमाडौँको बुद्धनगरमा एक पुरुषबाट आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार जारी

काठमाडौँ– काठमाडौँको बुद्धनगरमा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।

अनुदान र प्रविधिको साथले चुलाचुलीमा व्यावसायिक मकैखेती

इलाम– केही वर्षअघिसम्म इलामको चुलाचुली गाउँपालिका–४ का अशोक राईका लागि

विपदका घटनासम्बन्धी हटलाइन नम्बर १२३४ सबै जिल्लामा विस्तार

काठमाडौँ– विपदसम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धारसम्बन्धी सेवालाई थप छिटो,

मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी

म्याग्दी– प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनलाई नयाँ आयाम दिने उद्देश्यका

निर्वाचन आयोगमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूविरुद्ध उजुरी आह्वान

काठमाडौँ– संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र