विपदका घटनासम्बन्धी हटलाइन नम्बर १२३४ सबै जिल्लामा विस्तार « Khabarhub

विपदका घटनासम्बन्धी हटलाइन नम्बर १२३४ सबै जिल्लामा विस्तार


२७ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विपदसम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धारसम्बन्धी सेवालाई थप छिटो, सहज र प्रभावकारी बनाउन गृह मन्त्रालयले विपद् हटलाइन नम्बर १२३४ लाई जिल्लास्तरसम्म विस्तार गरी सञ्चालनमा ल्याएको छ ।

मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार यसअघि केन्द्रबाट मात्रै सञ्चालन हुँदै आएको विपद् टोल–फ्री नम्बर ११४९ लाई रूपान्तरण गरी १२३४ नम्बर सञ्चालनमा ल्याइएको हो ।

नयाँ व्यवस्थाअनुसार काठमाडौँ उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाबाट १२३४ मा गरिएको फोन राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्र, सिंहदरबारमा पुग्नेछ भने अन्य ७४ जिल्लाबाट गरिएको फोन भने सम्बन्धित जिल्लाको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रमा स्वतः ‘राउटिङ’ हुने व्यवस्था मिलाइएको छ ।

मन्त्रालयका अनुसार विपद्सम्बन्धी सूचना, समस्या, गुनासा तथा सुझावका लागि नागरिकले अब आफ्नै जिल्लाको आपत्कालीन केन्द्रसँग प्रत्यक्ष सम्पर्क गर्नसक्ने भएकाले उद्धार, समन्वय र सेवा प्रवाह अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको बैठकले शासकीय सुधार कार्यसूचीअनुसार नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्दै नागरिक सेवालाई परिणाममुखी, जवाफदेही र प्रभावकारी बनाउने नीति लिएको थियो । सोही नीतिअनुसार सबै ७७ जिल्लाका आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई चौबीसै घण्टा सञ्चालन गर्ने व्यवस्था कार्यान्वयनमा ल्याइएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले विपद्को समयमा नेपाल सरकारबाट जारी हुने आधिकारिक सूचना तथा पूर्वसूचनाको पालना गर्न र आवश्यक परे १२३४ नम्बरमा सम्पर्क गर्न नागरिकलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २७ असार २०८३, शनिबार  ९ : १६ बजे

प्रधानमन्त्रीले दिए रवीन्द्र ढाँटलाई बधाई

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले रोड टु युएफसी सिजन–५

उन्नाइसौँ पुस्तकालय दिवसको मूल समारोह स्थगित

काठमाडौं – भदौ १५ गते मनाउन तय गरिएको १९औँ पुस्तकालय

पृथ्वी राजमार्गको खुल्यो, काठमाडाैंबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने

काठमाडौं – भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण अवरुद्ध

प्रधानमन्त्री राहत कोषमा वीरगञ्ज हेल्थ केयर अस्पतालको १० लाख रुपैयाँ

वीरगन्ज– रसुवासहितका जिल्लामा विनाशकारी बाढी पहिरोबाट प्रभावित नागरिकका सहयोगका लागि