काठमाडौँको बुद्धनगरमा एक पुरुषबाट आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार जारी « Khabarhub

काठमाडौँको बुद्धनगरमा एक पुरुषबाट आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार जारी


२७ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको बुद्धनगरमा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् । काठमाडौँ–१० बुद्धनगरस्थित एक घरम डेरा गरी बस्ने ४५ वर्षीय अश्विन राउतले आज बिहान शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।

प्रहरीका अनुसार राउतका बाबुछोराबीच घरायसी विषयमा विवाद भएको थियो । विवादपछि उनले भान्सामा गएर आफ्नो शरीरमा आगो लगाएका थिए ।

शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेका राउतको वीर अस्पतालमा उपचार भइरहेको एसपी भट्टराईले जानकारी दिए । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

यसअघि बिहीबार काठमाडौँको त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीको उपचारको क्रममा शुक्रबार वीर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो ।

यस्तै, शुक्रबार नै सर्लाहीमा एक व्यक्तिले आत्मदाहको प्रयास गरेका थिए । विवेक मण्डल नाम गरेका ती व्यक्तिलाई हेलिकप्टरमार्फत हिजो नै काठमाडौँ ल्याइएको थियो ।

प्रकाशित मिति : २७ असार २०८३, शनिबार  ९ : ३५ बजे

खण्डहरमा परिणत भृकुटी कागज कारखाना (तस्बिरहरू)

नवलपरासी– कुनै समय नेपालको कागज उत्पादनमा आत्मनिर्भरताको आधार मानिएको भृकुटी

काठमाडौँको बुद्धनगरमा एक पुरुषबाट आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार जारी

काठमाडौँ– काठमाडौँको बुद्धनगरमा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।

अनुदान र प्रविधिको साथले चुलाचुलीमा व्यावसायिक मकैखेती

इलाम– केही वर्षअघिसम्म इलामको चुलाचुली गाउँपालिका–४ का अशोक राईका लागि

विपदका घटनासम्बन्धी हटलाइन नम्बर १२३४ सबै जिल्लामा विस्तार

काठमाडौँ– विपदसम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धारसम्बन्धी सेवालाई थप छिटो,

मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी

म्याग्दी– प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनलाई नयाँ आयाम दिने उद्देश्यका