एन्फा प्रेसिडेन्ट लिग : चित्लाङको विजयी सुरुवात « Khabarhub

एन्फा प्रेसिडेन्ट लिग : चित्लाङको विजयी सुरुवात


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एन्फा प्रेसिडेन्ट लिग फुटबल २०८२ बुधबार सुरु भएको छ। मकवानपुरस्थित खेल मैदानमा भएको उद्घाटन खेलमा चित्लाङ युवा क्लबले देउराली यूथ क्लबलाई ४-१ ले हरायो।

चित्लाङका लागि चन्दनकुमार दास, लोहन सुब्बा, विज्ञान खड्का र मदन स्याङतानले गोल गरे। देउरालीका राम चन्द्र वाजीले गोल गरे। चित्लाङका जय गुरुङ सो खेलका प्लेयर अफ द म्याच घोषित भए।

बुधबार भएको अर्को खेलमा विजय स्पोर्ट्स क्लब र लालीगुराँस एसोसिएसनका बीचमा गोलरहित बराबरी भयो। लालीगुराँसका सुरज ठकुरी सो खेलका प्लेयर अफ द म्याच भए।

२ मङ्सिरसम्म हेटौंडामा आयोजना हुने लिगमा १० टोलीको सहभागिता छ । सहभागी टोलीमा गाईघाट फुटबल क्लब, देउराली यूथ क्लब, नव जागृति क्लब, चित्लाङ फुटबल क्लब, टाइगर्स टिम टिकालाथाल, जन जागृति युवा क्लब, काँक्रेविहार यूथ क्लब, विजय स्पोट्स क्लब, हैरान्स क्लब र लालीगुराँस एसोसिएसन क्लब छन्।

लिग कम नकआउटको आधारमा सञ्चालन हुने सो प्रतियोगितामा विजेता टोलीले १० लाख रुपियाँ पुरस्कार पाउने छ। उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार पाउने छ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। दुवै समूहमा शीर्ष दुई स्थान पाउने टोली सेमिफाइनल प्रवेश गर्ने छन्। सेमिफाइनल प्रवेश गर्ने टोलीले राष्ट्रिय लिगमा प्रवेश पाउने छन्। राष्ट्रिय लिग पुस महिनामा हुने छ।

प्रेसिडेन्ट लिगको एन्फा अध्यक्ष पङ्कज विक्रम नेम्बाङले उद्घाटन गरे। सो अवसरमा बोल्दै नेम्बाङले प्रतियोगिताले नेपाली फुटबलको विकासमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ९ : ०३ बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा