किसानलाई प्रोत्साहित गर्न सरकारी जमिनमा मुङखेती « Khabarhub

किसानलाई प्रोत्साहित गर्न सरकारी जमिनमा मुङखेती


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

बाँके– कृषिमा किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले खजुरा गाउँपालिका–२ वडा कार्यालयले सरकारी जमिनमा व्यावसायिक खेती थालेको छ ।

अभियानका रुपमा मुङखेती गरिएको बताउँदै वडाध्यक्ष धनराम ओलीले त्यो सफल भएको जानकारी दिए । हाल १८ कट्ठा जमिनमा मुङखेती गरिएको छ ।

हाल उक्त वडावासी मुङखेतीतर्फ आकर्षित भएका छन् । कृषि अभियान मुङखेतीमा मात्र सीमित छैन टनेल बनाएर च्याउको व्यावसायिक उत्पादन पनि भएको छ ।

वडा कार्यालयले आँप, कटहर, अम्बा, कागतीलगायत अमिला फलका बिरुवा हुर्काइरहेको छ । साथै खाली जमिनमा राजमा र तोरीखेती गरिएको छ । (रासस)

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ११ : ०५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै