विश्वकप छनोटका लागि उत्तर र दक्षिण कोरियाबीच अनौठो फुटबल खेल ! « Khabarhub

विश्वकप छनोटका लागि उत्तर र दक्षिण कोरियाबीच अनौठो फुटबल खेल !


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –उत्तर र दक्षिण कोरियाबीचको फुटबल अनौठो किसिमले खेलिएको समाचारहरु सार्वजनिक भएका छन् ।

फिफा विश्वकप कतार २०२२ र एएफसी एसिया कप चीन(२०२३ को एसियाली दोस्रो चरणको छनोट अन्तर्गत २८ असोज मा भएको खेल अनौठो तरिकाले सकिएको हो ।

विश्वको लोकप्रिय खेल फुटबलका हजारौं समर्थक हुने गरेका छन् । त्यसमा पनि दुई राष्ट्रबीचको प्रतिस्पर्धामा त झनै रंगशाला भरीभराउन हुने गरेको छ । तर उत्तर र दक्षिण कोरियाबीचको फुटबल प्रतियोगिता भने अनौठोसँग सकिएको छ ।

दुई कोरियाबीच तिक्ततापूर्ण सम्बन्ध जारी रहेको बेलामा खेलिएको खेल दुई तर्फका खेलाडी, म्याच अफिसियल र फिफाका अध्यक्षमात्र सहभागी भएका थिए ।

९० मिनेटको खेल सकिएपछि एकैपटक नजिता सार्वजनिक गरिएको थियो ।

दुई देशबीचको प्रतिस्पर्धा उत्तर कोरियाको रंगशाला खाली रहँदै खेल सकिएको थियो । त्यहाँ कुनै फुटबल प्रशंसक नआएका होइनन् । खेलका दौरान कसैलाई पनि रंगशाला प्रवेशमा अनुमति नदिइएका कारण खाली रंगशालामा विश्वकप छनोटको खेल सकियो ।

मैदानमा दुवै टोलीका खेलाडी र अफिसियल बाहेक कसैले पनि रंगशालामा प्रवेश पाएनन् । अझ भनौं उत्तर कोरियाका सरकारी सञ्चार माध्यमका पत्रकारहरुबाहेक अन्यले पनि त्यस खेलम हेर्न पाएनन् ।

रंगशाला पूरा खाली रहँदा फिफा अध्यक्ष गिएनी इन्फान्टिनोले भने उक्त खेल स्टेडियममा पुगेरै हेरेका थिए ।

प्योङयाङमा भएको खेलमा दुवै राष्ट्रको राष्ट्रिय गान बजाउँदै शुरु भएको थियो । तर खेलको नजिता भने एकै चोटी खेलसकिएपछि मात्रै सार्वजनिक भयो ।

खेलमा दुबै तर्फबाट गोल हुन नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । खेलमा दक्षिण कोरियाली पत्रकारलाई पनि जाने अनुमति थिएन । कसैले पनि खेलको तस्वीर खिच्न नपाउने गराइएको थियो ।

पूर्वसहमति अनुसार खेलसकिएपछि मात्र दक्षिणले फोटो र भिडियो पाउने सहमति भएको थियो ।

तर, उत्तरले फोटो र भिडियोमा प्राविधिक चेक जाँच गर्नु परेका कारण समय लागेको बताएको छ । दक्षिण कोरियाले खेलका फोटो र भिडियो टोली दक्षिण कोरिया पुगेपछिमात्र प्राप्त गरेको थियो ।

यसअघि उत्तर र दक्षिणले विश्वकप छनोट अन्तरगत कै खेलमा १० वर्ष अगाडि खेलेको थियो । सिउलमा भएको उक्त खेल उत्तरले १–० गोल अन्तरले गुमाएको थियो ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  ५ : २८ बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी