बनेपामा आजदेखि बाह्र–बर्षे नरदेवी नाच « Khabarhub

बनेपामा आजदेखि बाह्र–बर्षे नरदेवी नाच


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– बनेपामा आजदेखि परम्परागत–ऐतिहासिक एवम् धार्मिक महत्वको १२ वर्षे श्री श्वेतकाली देवी (नरदेवी) नाच सुरु हुँदैछ । प्रत्येक १२ वर्षमा आयोजना हुने यस नाच बनेपा नगरको ऐतिहासिक लायकु डबलीमा तीन दिनसम्म सञ्चालन हुने जनाइएको छ । 

जात्रा व्यवस्थापन समितिका अनुसार विधिवत् रूपमा भक्तपुरबाट बनेपामा देवीको प्रस्थान गराई आज दिउँसो अपरान्ह बनेपाको लायकु गणेशस्थानमा ल्याइनेछ ।

 परम्परागत नाचगुठीको नेतृत्वमा सम्बन्धित गुठीयार, परम्परागत ङत त्वाः समाजका सदस्य तथा स्थानीयको सक्रियतामा नाच सञ्चालन गरिने समितिका संयोजक भुलक्ष्मी मानन्धरले जानकारी दिए ।

 उनका अनुसार नाच सांस्कृतिक बाजागाजासहित मङ्गल यात्रापछि देवीलाई लायकु डबलीमा प्रवेश गराइने र मध्यरातसम्म परम्परागत शैलीका विभिन्न देवी नाच प्रस्तुत गरिने छ । 

बाह्र वर्षमा एकपटक काठमाडौँको नरदेवी, हनुमानढोका दरबारको तलेजु भवानी, नासल चोक, कुमारी घर, इन्द्रचोक, बसन्तपुर, ललितपुर, कीर्तिपुर, भक्तपुर र बनेपाको लायकु डबलीमा श्री श्वेतकाली देवी नाच सञ्चालन गरिने परम्परा  छ ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  १ : ५७ बजे

पक्राउ परेका व्यक्तिलाई जथाभावी हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं- सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई बिनाकारण वा जथाभावी हत्कडी

टाइफुन ‘डुजुआन’ जापानतर्फ बढ्दै, सयौँ उडान रद्द

टोकियो- जापानतर्फ अघि बढिरहेको टाइफुन ‘डुजुआन’ का कारण सोमबार सयौँ उडान

बाढीपीडित नागरिकको सुरक्षा प्राथमिकतामा : मन्त्री बादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

सामाजिक-आर्थिक लोकतन्त्रबिना राजनीतिक लोकतन्त्रको अर्थ छैन : यादव

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सामाजिक

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

सर्लाही– सर्लाहीको हरिवन नगरपालिकाको विभिन्न वडाक्षेत्रमा पछिल्लो समय स्यालको आक्रमणका