बनेपामा आजदेखि बाह्र–बर्षे नरदेवी नाच « Khabarhub

बनेपामा आजदेखि बाह्र–बर्षे नरदेवी नाच


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– बनेपामा आजदेखि परम्परागत–ऐतिहासिक एवम् धार्मिक महत्वको १२ वर्षे श्री श्वेतकाली देवी (नरदेवी) नाच सुरु हुँदैछ । प्रत्येक १२ वर्षमा आयोजना हुने यस नाच बनेपा नगरको ऐतिहासिक लायकु डबलीमा तीन दिनसम्म सञ्चालन हुने जनाइएको छ । 

जात्रा व्यवस्थापन समितिका अनुसार विधिवत् रूपमा भक्तपुरबाट बनेपामा देवीको प्रस्थान गराई आज दिउँसो अपरान्ह बनेपाको लायकु गणेशस्थानमा ल्याइनेछ ।

 परम्परागत नाचगुठीको नेतृत्वमा सम्बन्धित गुठीयार, परम्परागत ङत त्वाः समाजका सदस्य तथा स्थानीयको सक्रियतामा नाच सञ्चालन गरिने समितिका संयोजक भुलक्ष्मी मानन्धरले जानकारी दिए ।

 उनका अनुसार नाच सांस्कृतिक बाजागाजासहित मङ्गल यात्रापछि देवीलाई लायकु डबलीमा प्रवेश गराइने र मध्यरातसम्म परम्परागत शैलीका विभिन्न देवी नाच प्रस्तुत गरिने छ । 

बाह्र वर्षमा एकपटक काठमाडौँको नरदेवी, हनुमानढोका दरबारको तलेजु भवानी, नासल चोक, कुमारी घर, इन्द्रचोक, बसन्तपुर, ललितपुर, कीर्तिपुर, भक्तपुर र बनेपाको लायकु डबलीमा श्री श्वेतकाली देवी नाच सञ्चालन गरिने परम्परा  छ ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  १ : ५७ बजे

पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्दै, दिउँसो २ बजे शपथ

काठमाडौं–  पूर्वरथी बालानन्द शर्मा आज मन्त्री नियुक्त हुँदैछन् । उनलाई

काठमाडौं बाल अस्पतालले निःशुल्क बहु–विशिष्ट बाल स्वास्थ्य शिविर आयोजना गर्दै 

काठमाडौं– काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) काठमाडौं चिल्ड्रेनस् हस्पिटलले

नालामा डुबेर १५ महिने बालकको मृत्यु

रौतहट– मौलापुर नगरपालिका-३ गम्हरिया टोल बस्ने राजेश साह तेलीको छोरा १५ महिनाको

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

बर्दिया– ठाकुरबाबा नगरपालिका-६ बकुवा बस्ने ४९ वर्षीय सन्तराम थारूको घरको पछाडि रहेको

प्रतिनिधिसभा निर्वाचन : नेकपाद्वारा रुपन्देही–३ बाट पाँच जना सिफारिस

देवदह– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)