उद्धव थापा भन्छन् : महामन्त्रीद्वयले गलत भाष्य बनाएर कांग्रेसको छवि बिगारे | Khabarhub Khabarhub

उद्धव थापा भन्छन् : महामन्त्रीद्वयले गलत भाष्य बनाएर कांग्रेसको छवि बिगारे


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेस कोसी प्रदेशका सभापति उद्धव थापाले पार्टीभित्रैका मान्छेले गलत भाष्य बनाउँदा जनता र कार्यकर्ता अन्योलमा परेको बताएका छन् ।

काठमाडौंको बत्तीसपुतलीमा जारी संस्थापन पक्षको नियमित महाधिवेशन दबाब भेलामा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति थापाले यस्तो बताएका हुन् ।

उनले केन्द्रीय महामन्त्रीहरूबाटै जनतामा पार्टीको छवि बिगार्ने गरि गलत भाष्य निर्माण गरिएको बताए। उनले कांग्रेसलाई जनताले भोट हाल्दैनन्, जनतामा जान सकिँदैन भन्ने भाष्यले पार्टीलाई क्षति गरिरहेको तर्क गरे ।

‘कसैले प्रमाणित गर्दिनुस्, ग्यारेन्टी दिनुहोस् हाम्रो नेतृत्वमा भोट आउँदैन भनेर। हामी राजीनामा दिन तयार छौँ,’ थापाले भने, ‘भोट कस हाल्छन्, कसले हाल्दैनन् भनेर ठेक्का लिइदिने को को छन् ?’

नेता थापाले नेतृत्व परिवर्तन गर्नुपर्ने यो स्वभाविक समय भएकाले कार्यकर्तामा देखिएको आकाक्षांलाई सम्मान गर्नुपर्ने बताए ।

‘मुलुक खरानीमाथि छ । पहिले मुलुकलाई यसबाट मुक्त गरौँ,’ उनले भने, ‘चुनावबाट प्रतिनिधिसभा आएपछि संवसधानमा टेकेर देश सही दिशामा हिँड्छ।’

अहिलेका लागि राष्ट्रको हित प्राथामिक भएको भन्दै थापाले पार्टी जीवनको सुधार त्यसपश्चात गर्न सकिने तर्क गरेका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ३ : ५१ बजे

चलचित्र क्षेत्रको श्रीवृद्धिका लागि सरकार प्रतिबद्ध छः सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार समग्र

१२ लाख लाइसेन्स छापिँदै, ६ महिनाभित्र वितरण गरिने

काठमाडौँ । यातायात व्यवस्था विभागले शुक्रबारदेखि सवारीचालक अनुमति पत्र (लाइसेन्स)

अस्ट्रेलियाविरुद्धको टी–२० सिरिजमा भारतको अग्रता

काठमाडौं – भारतले टी–२० सिरिजको चौथो खेलमा अस्ट्रेलियालाई ४८ रनले

एलन मस्कको स्टारलिङ्कले भारतमा सेवा विस्तार गर्दै, महाराष्ट्र पहिलो राज्य बन्ने

नयाँदिल्ली – विश्वका चर्चित उद्यमी एलन मस्कको स्वामित्वमा रहेको स्टारलिङ्क

एक थोपा रगत नबग्ने र एकजना घाइते नहुने गरी चुनाव गराउने प्रयासमा छु: प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले एक थोपा रगत नबग्ने र