उद्धव थापा भन्छन् : महामन्त्रीद्वयले गलत भाष्य बनाएर कांग्रेसको छवि बिगारे « Khabarhub

उद्धव थापा भन्छन् : महामन्त्रीद्वयले गलत भाष्य बनाएर कांग्रेसको छवि बिगारे


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेस कोसी प्रदेशका सभापति उद्धव थापाले पार्टीभित्रैका मान्छेले गलत भाष्य बनाउँदा जनता र कार्यकर्ता अन्योलमा परेको बताएका छन् ।

काठमाडौंको बत्तीसपुतलीमा जारी संस्थापन पक्षको नियमित महाधिवेशन दबाब भेलामा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति थापाले यस्तो बताएका हुन् ।

उनले केन्द्रीय महामन्त्रीहरूबाटै जनतामा पार्टीको छवि बिगार्ने गरि गलत भाष्य निर्माण गरिएको बताए। उनले कांग्रेसलाई जनताले भोट हाल्दैनन्, जनतामा जान सकिँदैन भन्ने भाष्यले पार्टीलाई क्षति गरिरहेको तर्क गरे ।

‘कसैले प्रमाणित गर्दिनुस्, ग्यारेन्टी दिनुहोस् हाम्रो नेतृत्वमा भोट आउँदैन भनेर। हामी राजीनामा दिन तयार छौँ,’ थापाले भने, ‘भोट कस हाल्छन्, कसले हाल्दैनन् भनेर ठेक्का लिइदिने को को छन् ?’

नेता थापाले नेतृत्व परिवर्तन गर्नुपर्ने यो स्वभाविक समय भएकाले कार्यकर्तामा देखिएको आकाक्षांलाई सम्मान गर्नुपर्ने बताए ।

‘मुलुक खरानीमाथि छ । पहिले मुलुकलाई यसबाट मुक्त गरौँ,’ उनले भने, ‘चुनावबाट प्रतिनिधिसभा आएपछि संवसधानमा टेकेर देश सही दिशामा हिँड्छ।’

अहिलेका लागि राष्ट्रको हित प्राथामिक भएको भन्दै थापाले पार्टी जीवनको सुधार त्यसपश्चात गर्न सकिने तर्क गरेका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ३ : ५१ बजे

पक्राउ परेका व्यक्तिलाई जथाभावी हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं- सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई बिनाकारण वा जथाभावी हत्कडी

टाइफुन ‘डुजुआन’ जापानतर्फ बढ्दै, सयौँ उडान रद्द

टोकियो- जापानतर्फ अघि बढिरहेको टाइफुन ‘डुजुआन’ का कारण सोमबार सयौँ उडान

बाढीपीडित नागरिकको सुरक्षा प्राथमिकतामा : मन्त्री बादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

सामाजिक-आर्थिक लोकतन्त्रबिना राजनीतिक लोकतन्त्रको अर्थ छैन : यादव

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सामाजिक

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

सर्लाही– सर्लाहीको हरिवन नगरपालिकाको विभिन्न वडाक्षेत्रमा पछिल्लो समय स्यालको आक्रमणका