काठमाडौं- माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी नेकपा माओवादी केन्द्र नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा विलय भएपछि केही नेता नेकपा एमालेमा फर्किने भएका छन् ।
समाजवादीबाट बाहिरिएकी नेतृ रामकुमारी झाँक्री र किसान श्रेष्ठलगायत ५० जनाभन्दा बढी केन्द्रीय सदस्यहरू आगामी सोमबार एमालेमा फर्किने भएका छन् ।
त्यसकै तयारीका लागि झाँक्री र श्रेष्ठले बिहीबार भक्तपुरको गुण्डुमा पुगेर एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलसँग संवाद गरेका छन् ।
उक्त संवादपछि उनीहरू आगामी सोमबार दिउँसो ३ बजे राष्ट्रिय सभा गृह, काठमाडौंमा ‘घर फर्कने अभियान’ कार्यक्रम गरेर एमालेमा फर्किने तय भएको ओलीनिकट नेता महेश बस्नेतले बताएका छन् ।
उनीहरूसँग केही पूर्वसांसदहरू पनि एमालेमा फर्किने भएका छन् । रामकुमारी र किसाले बुधबार मात्रै काठमाडौंको होटल बसेरामा कार्यक्रममा गरेर एमाले जाने घोषणा गरेका थिए ।













प्रतिक्रिया