रामकुमारी र किसानले भेटे ओली, आगामी सोमबार ‘घर फर्किने’ « Khabarhub

रामकुमारी र किसानले भेटे ओली, आगामी सोमबार ‘घर फर्किने’


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी नेकपा माओवादी केन्द्र नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा विलय भएपछि केही नेता नेकपा एमालेमा फर्किने भएका छन् ।

समाजवादीबाट बाहिरिएकी नेतृ रामकुमारी झाँक्री र किसान श्रेष्ठलगायत ५० जनाभन्दा बढी केन्द्रीय सदस्यहरू आगामी सोमबार एमालेमा फर्किने भएका छन् ।

त्यसकै तयारीका लागि झाँक्री र श्रेष्ठले बिहीबार भक्तपुरको गुण्डुमा पुगेर एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलसँग संवाद गरेका छन् ।

उक्त संवादपछि उनीहरू आगामी सोमबार दिउँसो ३ बजे राष्ट्रिय सभा गृह, काठमाडौंमा ‘घर फर्कने अभियान’ कार्यक्रम गरेर एमालेमा फर्किने तय भएको ओलीनिकट नेता महेश बस्नेतले बताएका छन् ।

उनीहरूसँग केही पूर्वसांसदहरू पनि एमालेमा फर्किने भएका छन् । रामकुमारी र किसाले बुधबार मात्रै काठमाडौंको होटल बसेरामा कार्यक्रममा गरेर एमाले जाने घोषणा गरेका थिए ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ४ : ४८ बजे

एमाले बैठकमा झपट रावलले भने : हामी नसुध्रिए योभन्दा दुर्दिन टाढा छैन

काठमाडौं- नेकपा एमालेको ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौं– जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा

राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान

काठमाडौं  – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन

रासायनिक मल आपूर्तिका लागि अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

काठमाडौं  – आगामी याममा किसानलाई आवश्यक पर्ने रासायनिक मल सहज रूपमा