नेपाली सेनाले मनायो संयुक्त राष्ट्रसङ्घको स्थापना दिवस « Khabarhub

नेपाली सेनाले मनायो संयुक्त राष्ट्रसङ्घको स्थापना दिवस


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली सेनाले संयुक्त राष्ट्रसङ्घको स्थापना दिवस विशेष कार्यक्रम आयोजना गरी मनाएको छ ।

काभ्रेपलाञ्चोकस्थित वीरेन्द्र शान्ति तालिम केन्द्रमा प्रधान सेनापति अशोकराज सिग्देलको प्रमुख आतिथ्यमा बिहीबार सेनाले राष्ट्र सङ्घको ८०औँ स्थापना दिवस मनाएको हो । 

कार्यक्रममा सेनाले शान्ति स्थापनार्थ आपतकालिन अवस्थामा उद्धार, पुनः स्थापना, सुरक्षित स्थानान्तरण, प्राथमिक उपचारजस्ता विषयमा प्रस्तुतीकरण गरेको थियो । 

संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् १९५८ बाट शान्ति सैनिक खटाउँदै आएको नेपाल, शान्ति सैनिक पठाउने राष्ट्रहरूको सूचिमा पहिलो रहनुका साथै महिला सैनिक खटाउने राष्ट्रमासमेत पहिलो स्थानमा छ । 

संयुक्त राष्ट्र सङ्घीय मिसनअन्तर्गत हाल विश्वका विभिन्न १० वटा मिसनमा नेपाली सेनाका पाँच हजार आठ सय १९ जना शान्ति सैनिकहरू कार्यरत छन् ।

विश्व शान्ति स्थापनाको सिलसिलामा हालसम्म नेपाली सेनाका ७४ जना सैनिकहरूले वीरगति प्राप्त गरेका छन् भने ७५ जना सैनिकहरू घाइते भएका छन् ।

कार्यक्रममा रक्षा सचिव, बलाधिकृत, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा पदाधिकारीहरू, स्थानीय जनप्रतिनिधिहरू, परराष्ट्र मन्त्रालयका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ६ : २३ बजे

टेकुस्थित प्लास्टिक कवाडखानामा लागेको आगलागी नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको टेकस्थित एक प्लास्टिक कवाडखानामा सोमबार साँझ लागेको आगो

बन्दरगाहपछि यमनको पहाडी इलाका कब्जा गर्न खोज्दै हुथी समूह, ट्रम्पलाई धर्मसङ्कट

काठमाडौं- यमनका इरान समर्थित हुथी विद्रोहीहरूले रणनीतिक महत्वका उच्च पहाडी

सुनिल शर्माको क्षेत्रबाट १७ वर्षीय प्रज्वल बने कांग्रेसको क्षेत्रीय प्रतिनिधि

विराटनगर- नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माको निर्वाचन क्षेत्र मोरङ–३

दिनदिनै खुम्चिँदैछ एमाले, तर गल्ती स्वीकार्न तयार छैनन् ओली, प्रश्न गर्नेमाथि कठोर बन्दै बैठकमै लगाए रोकतोक

ललितपुर- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सोमबारदेखि जारी पार्टीको