ललितकला प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि अन्तरराष्ट्रिय कला प्रदर्शनी « Khabarhub

ललितकला प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि अन्तरराष्ट्रिय कला प्रदर्शनी


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंमा आउँदो आइतबारदेखि पाँच दिने अन्तरराष्ट्रिय कला प्रदर्शनी हुने भएको छ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्सालसँगको सहकार्यमा नेपालको विन्दु स्पेश फर आर्टिष्ट र जापानको जिन्जा ग्यालरीले ‘बोर्डरलेस स्माइल फर स्माइल’ शीर्षकमा आयोजना हुने उक्त अन्तरराष्ट्रिय कला प्रदर्शनीमा चार देशका ७५ कला कृति समावेश गरिने छ।

प्रतिष्ठानकी प्राज्ञ परिषद् सदस्य सौरगङ्गा दर्शनधारीले आज कला प्रदर्शनीबारे जानकारी दिँदै तयारी अन्तिम चरणमा पुगेको बताइन्। प्रदर्शनीमा नेपाल, जापान, जर्मनी र कोरियाका कलाकारका कलाकृति समावेश गरिने छन्।

उक्त कार्यक्रम संयोजक पृथ्वी श्रेष्ठले नेपाली कलाकारका ३५ र जापानी कलाकारका ३५ कलाकृति प्रदर्शनीमा रहने जानकारी दिए। उनले प्रदर्शनीमा सहभागी हुन जापानबाट कलाकार आउन लागेका बताए।

जर्मनीका दुई र कोरियाका तीन कलाकारका कलाकृति पनि प्रदर्शनीमा राखिने छन्। प्रदर्शनीले आपसी सम्बन्ध विस्तारका साथै सिकाइ आदानप्रदान हुने विश्वास गरिएको छ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  १० : २७ बजे

कोहलपुरमा भाइद्वारा दाजुको हत्या, अभियुक्त पक्राउ

नेपालगञ्ज– बाँकेको कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको आरोपमा प्रहरीले

स्वास्थ्यमन्त्री मेहताको निर्देशनमा सरकारी अस्पतालको गुणस्तर अनुगमन तीव्र

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको निर्देशनमा सरकारी अस्पतालहरूको

झण्डा र देशको माया अनि परदेश हिँडेकी सरू

बेइजिङ-स्थान- त्रिभुवन विमानस्थल, काठमाडौंसमय- असार १४ गते आइतबार राति ८.३०

राहदानी छपाइ प्रकरण : महानिर्देशक अर्यालसहित पाँच जना धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौं– विशेष अदालतले राहदानी छपाइ प्रकरणमा पक्राउ परेका राहदानी विभागका

शक्तिहीन भएपछि नजिकिँदै कम्युनिस्ट, एकताको धुन बजाएपनि पद छाड्न तयार छैनन् नेता

काठमाडौं- अहिले नेपालको वाम आन्दोलन इतिहासकै कमजोर अवस्थामा छ ।